News Category 2070/09/13
नगरपालिकाद्वारा सडकपेटीका पसलहरु हटाउने अभियान जारी
दैनिक संवाददाता
राजविराज, १२ पुस ।
राजविराज नगरपालिका कार्यालयले सडकपेटीमा रहेको फुटफाँट पसल र छाप्रोहरु हटाउने अभियानलाई तिब्रता दिएको छ ।
सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले ‘‘द ग्रेट सप्तरी द बेस्ट सप्तरी, ग्रिन राजविराज क्लिन राजविराज” अभियान शुरु गरे लगत्तै नगरपालिका कार्यालयले पनि नगरक्षेत्रका सडकपेटीमा निर्माण गरिएका फुटफाँट पसलहरु हटाउने अभियानलाई तिब्रता दिएको हो ।
पटक पटक सडकपेटीको पसल र छाप्रोहरु हटाउन आग्रह गर्दा समेत व्यवसायीहरुले अटेर गरेपछि नगरपालिका कार्यालयले आफैले पसलहरु हटाउन थालेको छ ।
पहिलो चरणमा राजविराजस्थित अदालत रोडमा रहेको फुटफाँट पसल र छाप्रो हटाएको नगरपालिकाले क्रमशः रुपनी बस स्टेण्ड, खानेपानी मोड, राममन्दिर लगायतका नगर क्षेत्रको बिभिन्न स्थानहरुमा पसल र छाप्रोहरु हटाउने कार्यलाई निरन्तरता दिएको छ ।
नगर क्षेत्रका बिभिन्न भागमा अतिक्रमण गरी बनाइएका छाप्रोहरु हटाउन पटक पटक आग्रह गर्दा समेत व्यवसायीहरुले कुनै सुनुवाई नगरेपछि बाध्य भएर कडा रुपमा कदम चालिएको नगरपालिका कार्यालयका सरसफाई प्रमुख उमेश यादवले बताउनुभयो ।
छाप्रो हटाउने क्रममा नियन्त्रणमा लिएका कटघारा, फुटफाँटहरु नगरपालिका कार्यालयमा राखिएको जानकारी दिदै यादवले व्यवयासीहरुले जरिवाना वापतको रकम तिरेपछि फिर्ता गरिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ