News Category 2070/09/14
आगलागिमा बाबु छोराको मृत्यु
राजविराज÷सप्तरीको धरमपुर गाविसमा गएराति आगलागि हुँदा बाबु छोराको जलेर मृत्यु भएको छ ।
सप्तरीको घोघनपुर गाविसका स्थायी निवासी ६० वर्षिय नागेश्वर साह र उनका छोरा १८ वर्षिय खेलानन्द साहको धरमपुर ४ स्थित बलुवामा रहेको किराना पसलमा आगलागि हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पसल छेउमा भान्सा कोठामा रहेको ग्यासको सिलिण्डर लिक भएर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिजयकुमार यादवले जानकारी दिनुभयो ।
यता आगलागिमा एक तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने पसलमा रहेको सम्पूर्ण खाद्यान्न, डिजल, मट्टीतेल लगायत अन्य सामानहरु जलेर नष्ट भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो । यद्दपी आगलागिबाट करिब १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले आगलागिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीले मृतकका परिवारलाई रु. २५ हजार क्रियाका लागि रकम दिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताल ल्याइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ