News Category 2070/09/14
चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु, बिरामीको संख्या बढ्यो
राजविराज÷बिगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नकटी रायपुर गाविस ८ निवासी ६५ बर्षीय रघुनाथी यादव रहेका छन् ।
अत्यधिक चिसोका कारण बिहीवार राती यादवको घरमै कठ्याङिग्रएर मृत्यु भएको स्थानियवासीले जानकारी दिएका छन् । मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।
चिसोका कारण बर्षेनी सप्तरीमा सर्वसाधनहरुको मृत्यु हुने गरेको छ । गत बर्ष मात्र सप्तरीमा चिसोका कारण कठ्याङिग्रएर ३३ जनाको मृत्यु भएको थियो ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालक देखि ६० बर्षसम्मका बृद्धबृद्धाहरु रुघा खोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतको प्रकोबाट पिडीत भएका छन् ।
यता पछिल्ला पाँच दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको संख्या ह्वातै घटेको छ ।
दिनभरी घाम नलागेपछि सदरमुकाम राजविराजसहित ग्रामिण भेगका बिद्यालयहरुमा बिद्यार्थीहरुको संख्या घटेको शिक्षकहरु बताउँछन् ।
चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्र नारायण सिंह अस्पालका मेसु डा. शैलेश झा बताउनुहुन्छ ।
यसैगरि चिसो बढेपछि स्थानिय प्रशासनले सप्तरी सदरमुकाम राजविराजका बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सर्वसाधारणको बढी चहलपहल हुने रुपनी बस स्टेण्ड, मिनिमार्कट, गजेन्द्र चौक, जनआन्दोलन चौक, अस्पताल प्राङगणमा आगो ताप्न दाउरा उपलब्ध गराएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ