News Category 2070/09/15
जाडोले सप्तरीमा थप एक जनाको मृत्यु
दैनिक संवाददाता
राजविराज, १४ पुस ।
अत्यधिक चिसोका कारण सप्तरीमा शनिवारराती थप एक जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक शनिवारराती अत्यधिक चिसोका कारण सप्तरीको नेगड गाविस–५ निवासी ५५ बर्षीय मिश्रिलाल सदाको मृत्यु भएको छ ।
आफ्नो घरमा सुतिरहेका सदाको कठ्याङिग्रएर सदाको मृत्यु भएको स्थानिय राम प्रसाद रामले जानकारी दिनुभयो ।
यसअघि गत बिहीवार सप्तरीको नकटी रायपुर गाविस–८ निवासी ६५ बर्षीय रघुनाथी यादवको अत्यधिक चिसोका कारण कठ्याङिग्रएर मृत्यु भएको थियोे ।
त्यस्तै गत साता सुनसरीको मधेशा गाविस–७ घरभई सप्तरीको रुपनगरमा बस्दै आउनु भएका ४५ बर्षीय राजकुमार परियार र जिल्लाको नेगड गाविस–७ निवासी ममता मरिक डुमको अत्यधिक चिसोका कारण मृत्यु भएको थियो ।
गत मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।
सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालक देखि ६० बर्षसम्मका बृद्धबृद्धाहरु रुघा खोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतको प्रकोबाट पिडीत भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ