News Category 2070/09/16
विद्युत चुहावट गर्ने १० पक्राउ
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
हुकिङ गरि बिद्युत चोरी गरेको आरोपमा बिद्युत प्राधिकरणको टोलीले सप्तरीको नकटी रायपुर र कटैया गाविसबाट १० जनालाई पक्राउ गरेको छ ।
बिद्युत प्राधिकरण कार्यालय राजविराजबाट खटिएको चुहाबट नियन्त्रण टोलीले बिद्युत चोरी गरेको आरोपमा नकटी रायपुर गाविसबाट ७ जना र कटैया गाविसबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नकटी रायपुर गाविस निवासी बच्चालाल यादव, राजनारायण ठाकुर, धनीलाल यादव, रामप्रसाद राम, बुधाई यादव, जुगेश्वर यादव, उपेन्द्र कुमार राम, कटैया गाविसका सुर्यनारायण साह, भोली साह र बुधसेन साह रहेको बिद्युत प्राधिकरण कार्यालय राजविराजले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई थान सिंचाई मोटर समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका सबैलाई रु. ५ हजार नगद जरिवाना तिराएर छाडिने बिद्युत प्राधिकरण कार्यालय राजविराजका प्रमुख शम्भु कुसियैतले जानकारी दिनुभयो ।
यसअघि आईतवार बिद्युत प्राधिकरणको टोलीले सप्तरीको झुटकीबाट उद्योग मोटरसहित तीन जनालाई पक्राउ गरेको थियो ।
बिद्युत चुहाबट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरेपछि हुकिङ गरेर बिद्युत चुहाबट गर्नेहरु पक्राउ पर्न थालेको प्रमुख कुसियैतको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ