News Category 2070/09/18
माछा नदिएको निहु“मा कुटपिट गर्दै श्रीमान्लाई पक्राउ गरेको आरोप
दैनिक संवाददाता
राजविराज, १८ पुस ।
माछा नदिएको निहुँमा को. बर्साइन प्रहरी चौकीका प्रहरी नायव निरीक्षकसहितका प्रहरीले आफ्ना श्रीमानलाई कुटपिट गर्दै पक्राउ गरेको सप्तरीको को. बसाईन गाविसकी एक महिलाले आरोप लगाइएकी छिन् ।
को. बर्साइन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टिकाबहादुर राउतको नेतृत्वमा बुधवारराती आएका प्रहरीको टोलीले माछा किन नदिएको भन्दै आफ्ना श्रीमान्लाई कुटपिट गर्दै पक्राउ गरेको को.बसाईन गाविस–८ निवासी जिवछीदेवी मण्डलले बिहीवार राजविराजमा सञ्चारकर्मी र मानवअधिकारर्की समक्ष आरोप लगाएकी हुन् ।
राती करिब १० बजेतिर सई राउतको नेतृत्वमा आफ्नो घर आएको प्रहरी टोलीले शुरुमा आफुलाई तेरो श्रीमान् खोई भन्दै आयो ? जिवछीले भनिन्–‘‘त्यतीकैमा छिमेकीहरुसँगै नजिकैमा भएको भोज खाएर फर्किदै गरेको आफ्ना श्रीमान् तेतर मंडललाई देखेपछि प्रहरी माछा किन नल्याइदिएको भन्दै कुट्न् थाल्नुभयो, मैले मेरो श्रीमान्लाई किन कुट्नु हुन्छ भन्दा उल्टै आफुलाई समेत प्रहरीले निर्घात कुटपिट ग¥यो ।” प्रहरीले आफ्नै घर अगाडी कुटपिट गर्दै श्रीमान्लाई पक्राउ गरि लगेको जिवछीले दुखेसो सुनाईन् । कुटपिटबाट जिवछीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।
गाउँको चौकीदारको रुपमा समेत काम गर्दै आएका आफ्ना श्रीमान्सँग सो प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक(सई)ले पटक पटक गरी तीन पटक माछा मागेर लगेको बताउँदै जिवछीले भनिन्–‘‘ करिब १० दिनअघि पनि प्रहरीले माछा मागेको थियो, माछा नदिएको झोकमा प्रहरीहरुले कुटपिट गर्नुको साथै पक्राउ गरेको श्रीमान्लाई ल्यायो ।” यस सम्बन्धमा बिहीवार इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिन जाँदा उजुरी लिन अस्वीकार गरेको उनले गुनासो गरिन् ।
यता को. बसाईन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टिका बहादुर राउतले आफुहरुमाथि लगाइएको आरोप निराधार रहेको बताउनुभएको छ । माछा मागेको आरोप झुठो हो राउतले भने–‘‘ जाँड खाएर मातेका तेतर मण्डल लगायतका ५÷६ जनाको समुहले हो हल्ला गरिरहेका बेला सम्झाउन खोज्दाँ आफुहरुमाथि हातपात गरेकाले मण्डललाई पक्राउ गरेको हौ, त्यस्तो माछाको बिषय नै होईन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ