News Category 2070/03/05
व्यवसायिक प्रमाणपत्र बिना पेडाको प्यापार
दैनिक संवाददाता
राजविराज, ४ असार ।
पेडाका लागि प्रसिद्ध मानिएको सप्तरीको बरमझियाका अधिकांस पेड व्यवसायी अवैधानिक रुपमा व्यापार गर्दै आएको पाइएको छ ।
मंगलबार गरिएको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीको नेतृत्वमा खटिएको अनुगमन टोलीले बरमझियाका पेडा व्यवसायीहरु व्यवसायिक प्रमाण पत्र बिना व्यापार गरिरहेको फेला पारेको छ ।
‘अनुगमनका क्रममा अधिकांस पेड व्यवसायीसँग व्यवसायिक प्रमाण पत्र फेला परेन’ सहायक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भन्नुभयो, ‘‘त्यस्ता व्यापारीमाथि कार्वाहीको प्रकृया अगाडि बढाइएको छ ।’’
उहाँका अनुसार बरमझियाका ३३ पसलको अनुगमन गरिएकोमा अधिकांससँग व्यवसायिक प्रमाण पत्र थिएन् ।
पेडा पसलहरुमा मदिरा पनि बिक्री भइरहेको पाइएको र कम तौलमा बिक्री गर्ने दुई पसलको तराजु नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
सहायक प्रजिअ नेतृत्वको अनुगमन टोलीले भारदहदेखि रुपनीसम्मको पेट्रोल पम्पको अनुगमन समेत गरेको छ । त्यस क्रममा कंचनपुर ४ स्थित पेट्रोल पम्ममा १० लिटरमा २० मिलिलिटर कम बिक्री गर्ने गरेको पाइएको छ ।
यस्तै रुपनीस्थित भगत आयल ट्रेडर्स बन्द गरी सोही पम्पभित्र बोतलमा तेल बिक्री गरिरहेको पाइएको सहायक प्रजिअ गिरीले जानकारी दिनुभयो । उहाँले यस्ताहरुमाथि पनि कार्वाही प्रकृया अगाडि बढाइएको बताउनुभयो ।
अनुगमन टोलीमा सहायक प्रजिअसहित नापतौल तथा गुणस्तरीय कार्यालयका प्रतिनिधी, सप्तरी उद्योग बाणिज्य संघका प्रतिनिधी, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीसहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ