News Category 2070/09/18
चिसोका कारण सप्तरीमा दश जनाको मृत्यु
दैनिक संवाददाता
राजविराज, १८ पुस ।
अत्यधिक चिसोका कारण कठ्याङिग्रएर सप्तरीमा बिहीवार विहान दुई जनाको मृत्यु भएको छ ।
यो सँगै बिगत दुई साताको अबधिमा चिसोका कारण कठ्याङिग्रएर मृत्यु हुनेको संख्या दश पुगेको छ । पछिल्लो पटक बिहीवार विहान अत्यधिक चिसोका कारण सप्तरीको हनुमाननगर गाविस–१ घरभई हनुमाननगर–७ मा बस्दै आएकी ७२ बर्षीया अनुरागीदेवी मण्डल र लोहजारा गाविस–५ निवासी ६५ बर्षीया जानकीदेवी साहको कठ्याङिग्रएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेका दुबै जनाको मृत शरिर बिहीवार विहान फेला परेको प्रहरीको भनाई छ ।
यसअघि गत साता सप्तरीको नकटी रायपुर गाविस–८ निवासी ६५ बर्षीय रघुनाथी यादव, नेगड गाविस–५ निवासी ५५ बर्षीय मिश्रिलाल सदा, सुनसरीको मधेशा गाविस–७ घरभई सप्तरीको रुपनगरमा बस्दै आउनु भएका ४५ बर्षीय राजकुमार परियार, जिल्लाको नेगड गाविस–७ निवासी ममता मरिक डुम, बरमझिाया गाविस–२ निवासी ६५ बर्षीया किसुनदेवी खंग, लौनियाँ गाविस–९ निवासी ६५ बर्षीया धनबन्ती मरिक डुम, बनरझुल्ला गाविस–७ निवासी ७८ बर्षीय बिलट चौधरी र मानसिक सन्तुलन ठीक नभएकी एक महिलाको अत्यधिक चिसोका कारण मृत्यु भएको थियो ।
गत मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।
सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ