News Category 2070/09/19
सप्तरीमा ३४ हजार भन्दा बढी साक्षर
दैनिक संवाददाता
राजविराज, १९ पुस ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले सञ्चालन गरेको साक्षरता अभियान अन्तर्गत सप्तरीमा बिगत दुई बर्षको अबधिमा ३४ हजार भन्दा बढी निरक्षरहरुलाई साक्षर बनाइएको छ ।
साक्षरता अभियान अन्तर्गत आर्थिक बर्ष २०६९÷०७० मा १७ हजार ५ सय ७१ जना र आर्थिक बर्ष २०६८÷०६९ मा १६ हजार ५ सय ५५ जना गरी ३४ हजार १ सय २६ जना निरक्षरहरुलाई साक्षर बनाइएको हो ।
साक्षरता अभियान अन्तर्गत आर्थिक बर्ष २०६९÷०७० मा महिला ११ हजार ७ सय ५२ र पुरुष ५ हजार ८ सय १८ जना निरक्षरहरुलाई साक्षर बनाएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै गत आर्थिक बर्ष २०६८÷०६९ मा महिला १५ हजार ६ सय ९२ र पुरुष ८ सय ६३ जना निरक्षरहरुलाई साक्षर बनाएको जिल्ला शिक्षा कार्यालय सप्तरीको तथ्याङकमा उल्लेख छ ।
सो आर्थिक बर्षमा २७ हजार निरक्षरलाई साक्ष्र बनाउने लक्ष्य रहेपनि दुई चरणमा सञ्चालन गर्नुपर्ने कार्यक्रम एक चरणमा मात्र सञ्चालन हुन सकेकोले लक्ष्य प्राप्ति हुन नसकेको जिल्ला शिक्षा कार्यालय सप्तरीका साक्षरता अभियान शाखा प्रमुख बिजयकुमार मण्डलले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा सप्तरीका २० वटा गाविसमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गर्ने र २८ हजार निरक्षरहरुलाई साक्षर बनाउने लक्ष्य रहेको लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ