News Category 2070/09/21
समानुपातिकतर्फ सप्तरीबाट चार महिलासहित १० सभासद्
राजविराज÷बिभिन्न दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सभासद् मनोनयनको सुचिमा सप्तरीका चार जना महिलासहित १० जनाको नाम समाबेश भएको छ ।
यो सँगै सप्तरीबाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को संख्या अहिलेसम्म १६ जना पुगेको छ । त्यसमध्ये १४ जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।
यसरी संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुमा नेकपा एमालेका तर्फबाट सत्यनारायण मण्डल र रन्जु ठाकुर झा, फोरम लोकतान्त्रिकका तर्फबाट जितेन्द्र नारायण देव, डा.सुबोध पोखरेल, रमणी राम, फोरम नेपालबाट लक्ष्मी कुमारी चौधरी, नेपाली काँग्रेसबाट रञ्जित कर्ण, एकिकृत नेकपा माओवादीका तर्फबाट सुरेन्द्र कार्की (राम कार्की), राप्रापा नेपालबाट गंगा प्रसाद यादव र नेकपा (संयुक्त)बाट मिथिला चौधरी रहेका छन् ।
जिल्लाबाट नेकपा एमालले रन्जु ठाकुर झा, फोरम नेपालले लक्ष्मीकुमारी चौधरी, फोरम लोकतान्त्रिकले रमणी राम, नेकपा (संयुक्त)ले मिथिला चौधरीलाई संविधानसभा सदस्यमा मनोनयन गरेको छ ।
सप्तरीको तिलाठी गाविस निवासी झा नेकपा एमालेको अखिल नेपाल महिला संघका केन्द्रीय सचिव तथा २०६४ सालको संबिधानसभा निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्नु भएको थियो ।
सप्तरीको डिमन गाविस निवासी रमणी राम अघिल्लो संबिधानसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट संबिधानसभामा पुग्नुभएको थियो । उहाँ पछि महेन्द्र राय यादवले पार्टी फोडेर बनाएको तराई मधेश लोकतान्त्रिक पार्टी नेपालबाट सिंचाई राज्य मन्त्री समेत बन्नु भएको थियो ।
यस्तै फोरम नेपालकी लक्ष्मीकुमारी चौधरी यसअघि २०६४ सालमा एनेकपा माओवादीका तर्फबाट समानुपातिक सभासद् बनेकी थिइन् । त्यसपछि उनी गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरम नेपालमा प्रवेश गर्नुभएकी थिइन् ।
नेकपा संयुक्तबाट समानुपातिक तर्फको सभासद्मा मनोनित चौधरी राजविराज नगरपालिका ८ का स्थायी निवासी हुन् । नेकपा संयुक्तबाट समानुपातिक तर्फको सभासद्मा मनोनित चौधरी नयाँ हुनुहुन्छ ।
समानुपातिकतर्फ सभासद्को सुचिमा परेकी रमणी राम र लक्ष्मी कुमारी चौधरी बाहेक सबै जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्न लाग्नुभएको छ ।
एमालेका सत्यनारायण मण्डल जिल्लाको कमलपुर गाविस निवासी हुन् । उहाँ पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।
सप्तरीको धरमपुर गाविस निवासी डा. पोखरेल यसपालिको संबिधानसभा निर्वाचनको पुर्वसन्ध्याँमा फोरम लोकतान्त्रिकमा प्रबेश गर्नुभएको थियो । नेपाली काँग्रेसबाट समानुपातिकतर्फ सभासद् हुनुभएका सप्तरीको को. बर्साइन गाविस निवासी कर्ण नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।
यसैगरि फोरम लोकतान्त्रिकबाट सभासद् बनेका जितेन्द्र नारायण देव पार्टीका महासचिव हुनुहुन्छ । उहाँ सप्तरीको बोरिया गाविस निवासी हुन् ।
यस्तै एकिकृत नेकपा माओवादीबाट सभासद् बनेका सप्तरीको फत्तेपुर गाविस निवासी सुरेन्द्र कार्की (राम कार्की) एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् ।
राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद् बनेका जिल्लाको १ नम्बर योगिनियाँ गाविस निवासी यादव राप्रापा नेपालका केन्द्रीय सदस्य हुन् ।
सप्तरीमा ६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ यसअघि नै ६ जना निर्वाचित भईसकेको छ ।
जसमा सप्तरी क्षेत्र नं. १, २ र ३ बाट क्रमशः मानपुर चौधरी, अशोक मण्डल र उमेश यादव एनेकपा माओवादीबाट बिजयी भएका छन् भने क्षेत्र नं. ४ बाट ताराकान्त चौधरी तथा क्षेत्र नं. ५ र ६ बाट क्रमशः तेजुलाल चौधरी र सुरेन्द्र यादव बिजयी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ