News Category 2075/07/11
स्व. यशोदानन्द मिश्रलाई स्मरण गर्दा
त्रिपुरारीशरण
अवकाश प्राप्त सह–प्राध्यापक स्व. यशोदानन्द मिश्रलाई स्मरणा गर्दा हँसिलोपन र गम्भीरताको मिश्रणदेखा पर्ने एउटा अनुहार मेरो सामुन्ने आउँछ । वहाँ जति गम्भीर रहनुहुन्थ्यो उतिकै विनोदप्रिय पनि हुनु हुन्थ्यो । उहाँ कसैसंग मज्जाक गर्दा बडो चतुर ढंगबाट गम्भीरताका साथ चोटिलो व्यंग्य गर्नु हुन्थ्यो । कसैलाई गलत कुरा भनेर वा गलत दिशातिर मोडेर मजा लिन खोज्दा बडो सीधा देखिनु हुन्थ्यो ।
प्रगतिशील विचारधाराका व्यक्ति भएपनि कुनै भिन्न राजनीतिक आस्थाका व्यक्तिको उचित आदर गर्न कहिल्यै पनि कञ्जुस्याँई गर्नु हुन्थिएन । वहाँ राजनीतिक विचार धाराभन्दा व्यक्तिगत सम्वन्धलाई माथि राखनु हुन्थ्यो ।
उहाँ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनु भयो । वी.ए गरेपछि पढाइ छाडेर पूर्णरुपेण राजनीतिमा २ वर्षसम्म लागि रहनु भयो । सन् १९५७ मा कोलम्वो योजना अंन्तर्गत छात्रवृत्ति प्राप्त गरी भारतको बिहार राज्यको विहार विश्वविधालयको लंगट सिहं कलेज, मुजफ्फरपुरमा एम.ए.मा भर्ना लिनु भयो । म त्यसै कलेजको पहिलेदेखिनै छात्र थिएँ । आइ.ए. र वी.ए. (अनर्ष) त्यहीवाट गरेका थिएँ । एम.ए.मा मैले पनि त्यसै वर्ष भर्ना लिँए । मेरो विषय अर्थशास्त्र थियो र उहाँको विषय थियो अँग्रेजी । एम.ए.का विद्यार्थी रहँदा हामी कलेजका दुई भिन्न छात्रवासमा बसेका थियौं । पछि उहाँको स्थानातरण मेरै छात्रबासमा भए पश्चचात् उहाँसंग मेरो परिचय भयो । एम.ए. गरेपछि महेन्द्र विन्देश्वरी कलेज, राजविराजमा उहाँको नियुक्ति भयो । ठीक एक महीनापछि म पनि त्यसै कलेजमा नियुक्त भएँ । छात्र जीवनमा उहाँसँग भएको परिचय काल क्रममा घनिष्ठ मित्रतामा परिणत हुन गयो । आफनो परिवारजन बीच मेरो चर्चा “बेस्ट फ्रेन्ट“ (घनिष्ठतम मित्र) को रुपमा गर्ने गर्नु हुन्थ्यो ।
प्राध्यापकको रुपमा उहाँको सहकर्मी वा विद्यार्थीहरुसँगको व्यवहारमा कहिल्यै पनि पूर्वाग्रह देखिएन । उहाँ वडो मिलनशील स्वभावका व्यक्ति हुनुहुथ्यो । कम बोलने बानी भएपनि कुनै विषयमाथि, कुनै अवसरमा बोल्दै नबोल्ने बानी थिएन । आफ्नो विचार प्रकट गर्नबाट, आफ्नो दृष्टिकोण प्रस्तुत गर्नवाट आफूलाई रोक्नु हुन्थिएन । कहीं भाषण गर्दा वा कतै कुनै अवसरमा बोल्दा उतेजित भएर, आवेशमा आएर बोलनु भएको मैले कहिल्यै देखिन, सुनिन । उहाँको भाषणमा मौलिकता रहन्थयो र भाषणवाट उहाँको वाक्क पटुता पनि प्रतिभासित हुन्थ्यो ।
अँग्रेजी विषयको प्राध्यापकको रुपमा वडो सरल भाषामा सहज ढंगवाट सजिलोसंग सवैले बुझ्ने गरी प्राध्यापन गर्ने कुशलता उहाँमा प्रचुर मात्रामा थियो । उहाँका विद्यार्थीहरुले उहाँलाई अवश्य सम्झिरहने छन् ।
उहाँले एक कार्य(कालका लागि त्रिभुवन विश्वविधालयको विद्वत्परिषदको सदस्य भई उक्त परिषदका गतिविधिहरुप्रति सक्रिय रुपमा चासो लिनु भयो ।अनेक वर्षसम्म उहाँ महेन्द्र विन्देश्वरी क्याम्पसको अँग्रेजी र मैथिली शिक्षण समितिको अध्यक्ष पनि रहनु भयो । एक वर्षसम्म क्याम्पस प्रमुख पनि रहनु भयो । वैचारिक कारणले त्याग पत्र दिएर स्वेच्छाले पद छाडनु भयो । शिक्षण समितिको अध्यक्षको रुपमा स्वतः सवैले आफ्नो दायित्व बुझेर कार्यसम्पादन गर्नु हुन्छ भन्ने उहाँको दृष्टिकोण थियो क्याम्पस प्रमुखको रुपमा पनि कम भन्दा कम हस्तक्षेप गरेर सवै शाखाका सवैले राम्रो ढंगबाट अ–आफ्नो कार्यसम्पादन र दायित्व निर्वहन गर्छन भन्ने उहाँको अपेक्षा थियो र उहाँले निराश हुनु परेन । विद्यार्थीहरु पनि अनुशासनमा वसे र मर्यादाको उल्लंघन कहिल्यै पनि गरेनन् ।
उहाँमा पदलिप्सा थिएन । क्याम्पस प्रमुखको रुपमा नियुक्तिको केवल एक वर्षपछि मात्र उक्त पद छोडेबाट यस कुराको पुष्टि हुन्छ । पहिले पनि कर अधिकृत भूमिसुधार अधिकारी र मन्त्री समेतको पद प्रस्तावलाई उहाँले वैचारिक आधारमा अस्वीकार गरिदिनु भएको थियो । यसो भएतापनि केही विशेष कारणले राजविराज नगर पंचायतको उपप्रधान पञ्च हुन तयार हुन भयो र हुनु पनि भयो ।
सह प्राध्यापक मिश्र अव दुनियामा न रहेको भए पनि उहाँको सम्पर्कमा आउने, उहाँलाई जान्ने, उहाँका सहकर्मीहरु सबैलाई उहाँको अभाव महसुस भइरहनु स्वभाविक हो ।
उहाँको निधनवाट मैले एउटा अन्तरंग मित्र गुमाएको छु जसलाई निजी कुराकानीमा कहिले काहीं म “तिमी“ सम्बोधित गर्न गथ्र्ये र जसले मलाई पनि तिमी, सम्बोधित गर्नृ हुन्थ्यो । उहाँवारे सोच्दा वा चर्चा गर्दा जहिले पनि साह्रै पीडा हुने गर्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ