News Category 2070/09/22
सैनिक श्रीमति संघद्वारा शितलहर पीडितहरुलाई राहत वितरण
दैनिक संवाददाता
राजविराज, २१ पुस ।
शितलहरबाट प्रभाबित सप्तरीको हरिहरपुर, पकरी र दिघवा गाविसका बृद्धबृद्धा, सुत्केरी, बिपन्न र आपाङ व्यक्तिहरुलाई नेपाली सेना सैनिक श्रीमति संघले राहत सामग्री तथा औषधी बितरण गरेको छ ।
श्रीमति संघले तीन वटै गाविसका १ सय १० परिवारलाई प्रति परिवार एक थान मण्डी, पुरुषको कपडा १ सेट, महिलाको कपडा एक सेट र बच्चाको कपडा एक सेट बितरण गरेको हो ।
पकरी गाविसस्थित कृषि हटियामा आइतबार आयोजित बितरण कार्यक्रममा सैनिक श्रीमति संघका सल्लाहकार नम्रता बस्न्यातले लताकपडा लगायतका सामग्री बितरण गर्नुभयो ।
पुर्वी पृतना हेड क्वाटर इटहरीका पृतनापति उपरथी बिनोज बस्न्यात, नम्बर १८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकृष्ण अधिकारी, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवर लगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, रेडक्रस सोसार्यटीका प्रतिनिधी तथा सम्बन्धित गाविसका सचिवहरुको उपस्थितिमा सम्पन्न राहत बितरण कार्यक्रममा कृष्ण दल गणका गणपति प्रमुख सेनानी राजेन्द्रमणि गिरी, स्थानिय विकास अधिकारी कृष्णप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा सैनिक फिल्ड अस्पताल इटहरी र कृष्ण दल गणकोे चिकित्सकहरुको संयुक्त टोलीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्थानियहरुको स्वास्थ्य जाँच गर्नुको साथै औषधी समेत बितरण गरेको जनाएको छ ।
सो शिविरमा १ सय २० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा सैनिक फिल्ड अस्पताल इटहरीबाट आएका डा. उपसेनानी वृक्षा गुरुङ्ग, प्राविधिक सुवेदारद्वय बम बस्नेत र मौसमी भेटवालको टोलीले शिविरमा स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ