News Category 2075/07/15
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
दैनिक समाचारदाता
राजबिराज १५, कात्तिक ।
रंजितपुर राईडर्स रंजितपुरको आयोजनमा तथा बिष्णुपुर गाँउपालीकाको सहयोगमा र सप्तरी क्रिकेट सँघको संयोजनमा संचालित प्रतियोगितामाको उद्घाटन खेलमा सिरहा बिजयी भएको छ । सिरहाले सप्तरीलाई ४२ रनले पराजित गरेको हो ।
क्रिकेट ऐकेडमी सिरहाले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा तीन बिकेट गुमाई १ सय ५२ रन बनाउन सफल भएको थियो ।
जसमा सिरहाका बिकल बिष्टले अविजित ४९ रन जोडे भने मुवारक अलीले अविजित २५ रन तथा दिलिप यादब २६ र अशोक साहले २५ रन बनाएका थिए ।
यसैगरी बलिंगतर्फ अर्नाहा सप्तरीका श्रीकान्त चौधरी ले २ बिकेट तथा खुर्सिद अबदुल्लाहले १ बिकेट हात पारेका थिए ।
जवाफमा १ सय ३० रनको लक्ष्य लिई मैदानमा आर्लेका अर्नाहा टिमले सबै विकेट गुमाई ८८ रन मै सिमित रह्यो । जसमा अजय मण्डल १८ प्रियान्स श्रेष्ठ १७ दिलिप चौधरी तथा सुभाषचन्द्र चौधरी १८ र १८ बाहेक कुनै खेलाडी दोहोरो अंक बनाउन सकेनन् ।
बलिंग तर्फ सिरहाका दिलिप यादब ३ बिकेट, अफरूदिन रहमान २ बिकेट तथा फदेह सिदिकी, प्रदिप पंडित ले १ र १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच दिलिप यादव घोषति भए भने दोस्रो खेल कार्तिक १८ गते बजाज युथ क्रिकेट ऐकेडमी राजबिराज तथा सीता बिदिया आशरम धनुषा बिच हुने आयोजकले जनाएको छ ।
यसअघि प्रतियोगिताको प्रदेश २ का सासंद मोहम्मद समिम तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश यादवले ब्याटिंग र बलिंग गर्दै उद्घाटन गरेका थिए ।
सो अवसरमा बिष्णुपुर गाँउपालिका अध्यक्ष लिलाम्वर यादब, वडा नं. ६ का अध्यक्ष बहादुर सदा, वडा सचिव भुनेश्वर राउत, नेवि सँघ केन्द्रीय सदस्य नन्दकिशोर यादब, रंजितपुर राईर्डसका अध्यक्ष उदित यादबव प्रतियोगिता संयोजक प्रमानन्द यादब, सप्तरी क्रिकेट संघका सदस्य चन्दनकुमार यादब, प्रशिक्षक धर्मेन्द्र चौधरी, पुर्व क्रिकेटर सुरेन्द्र नाथ सिंह, एम्पाएर प्यानलका अध्यक्ष निरज सिंह, समाजसेवी बिन्देश्वर यादब, कसुम लाल यादब, पंचदेब यादब, सुशील साह, दिनेश यादब लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ