News Category 2075/07/15
महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग््यो
पुणे, महाराष्ट्र, भारत, १५ कात्तिर्क (रासस÷एएनआई) ।
भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीले बताएका छन् ।
राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित ३२५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यमा यसवर्षको हालसम्म ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर रहेको छ ।”
उहाँले जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३७५ मानिस बिरामी भएको बताउनुभयो ।
“तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो । यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए,” आवटेले बताउनुभयो ।
उहाँले मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो । “मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनुपर्दछ ।
यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ ।”
डा आवटेले रुघाखोकी लागेका व्यक्ति अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “रुघाखोकी लागेका मानिस सार्वजनिकस्थलमा नगएको राम्रो हुन्छ । चलचित्र हेर्न हलमा पनि जानु हुँदैन । स्वाइन फ्लु भएका केबल पाँचदेखि छ जना व्यक्ति मात्र उपचारका लागि अस्पतालमा भर्ना हुने गरेका छन् । अरु मानिसको घरमै उपचार गर्न सकिन्छ । तर, कुनै पनि औषधि सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनै पर्दछ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ