News Category 2075/07/17
छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना छ ः कानुन मन्त्री
दैनिक समाचारदाता
विराटनगर, १६ कात्तिक ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने जानकारी दिए ।
संघले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु नहुने सुझाव दिँदै उनले संघीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको जानकारी दिए ।
उनले प्रदेश सरकारको भावना र चाहानाप्रति संघीय सरकार गम्भीर रहेको भन्दै आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने स्पष्ट पारे ।
मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको जानकारी दिए ।
न्यायालयका न्यायाधीश र नेपाल सरकारअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको बताउँदै आवश्यकपरेमा मात्र सार्वजनिक गर्न सकिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ