News Category 2075/07/17
कास्मिरमा भाजपा नेताको हत्या
श्रीनगर, कास्मिर, १६ कात्तिक (रासस÷सिन्ह्वा) ।
अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ ।
“गएराति बन्दुकधारीहरुले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परिहर र उहाँका भाइ अजित परिहरको हत्या गरेका छन्,” एक जना वरिष्ठ प्रहरी अधिकारीले बताउनुभयो ।
आक्रमण हुनेबित्तिकै उहाँहरुलाई नजिकैको अस्पतालमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको प्रधानमन्त्री कार्यालयका कनिष्ट मन्त्री जितेन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ