News Category 2070/09/23
समयमै संविधान निर्माणका लागि दवाव सृजना गर्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २२ पुस ।
समयमै संबिधान निर्माणका लागि नागरिक समाजका अगुवाहरुले दबाब दिनुपर्ने राजविराजमा सोमवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
संबिधान सुचना केन्द्रले राजविराजकमा आयोजित संबिधान निर्माणका सबालमा नागरिक सचेतना र संवाद कार्यक्रममा बक्ताहरुले नागरिक अगुवाहरुले दबाब सृजन गर्न नसकेकै कारण अघिल्लो संबिधानसभाले संबिधान निर्माण नै नगरि अबसान भएको भन्दै आगमी एक बर्षभित्र संबिधा निर्माणका लागि दबाब सृजना गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा संबिधानसभाका निवर्तमान सदस्य खिमलाल देवकोटाले संघिय राज्यको नाम, सिमाना र संख्याको बिषय बाहेक सबै बिषयमा अघिल्लो संबिधानसभामा सहमति भइसकेको बताउनुहुँदै पहिचान र सार्मथ्यको आधारमा संघीय राज्य हुनुपर्ने बताउनुभयो ।
उहाँले संबिधानसभाबाट संबिधान निर्माणका लागि नागरिक समाजको दबाब नपुगेका कारण दलहरुले संबिधान निर्माण भन्दा सरकार बनाउने मै बढी केन्द्रीत भएकाले संबिधानसभाको दुखद अवसान भएको बताउनुभयो ।
आगमी एक बर्षभित्र संबिधान बनाउने बाचा गरेका दलहरु दोश्रो संबिधानसभा निर्वाचनयता पुनः सरकार निर्माणमै केन्द्रीत भएकाले संबिधान निर्माण हुनेमा आशंका बढ्ेको बताउनुहुँदै दलहरुलाई संबिधान निर्माणमा केन्द्रीत गराउन नागरिक अगुवाहरुले सशक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष महेन्द्र पाण्डेले जनताको सारभौम अधिकार सुनिश्चित हुने संबिधान निर्माण भएमात्र मुलुकमा दिगो शान्ति स्थापना हुने बताउनुहुँदै कसैले बनाई दिएको आयोगबाट नभई जनताबाट अनुमोदित भएको संबिधानसभाबाटै संबिधान निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा न्यायाधिश साराङगा सुबेदीले बिभेदको अन्त्य र सबै जनताले समान अधिकार संबिधान निर्माण हुनुपर्ने बताउनुहुँदै अघिल्लो संबिधानसभाबाट संबिधान नबन्नुको कारणबाट पाठ सिकेर संबिधान निर्माण जुट्नुपर्ने बताउनुभयो ।
सो अवसरमा संबिधानसभा सदस्य लक्ष्मी चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, पुनराबेदन अदालत वार इकाई राजविराजका अध्यक्ष महेन्द्र चौधरी, जिल्ला अदालत वार इकाई राजविराजका अध्यक्ष कृपानारायण यादव, पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा काशीनाथ यादव लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ