News Category 2075/07/25
एक दिने सफाईले जलाशय सफा हुँदैन्, नियमित सफाईप्रति ध्यान पुगोस्
छठ पर्वको अवसरमा अहिले विभिन्न जलाशयहरुको सरसफाई धमाधम भइरहेको छ । जलाशयहरुमा वर्षभरीको जम्मा भएको फोहरहरु निकालेर सफा गर्न अहिले सबै लागिपरेका छन् । छठ पर्व जलाशयहरुमै हुने गरेकोले सरसफाई गरिँदै छ । कम्तिमा छठ पर्वको नाममा जलाशयको सफाई त भइरहेको छ । यता कुनै पनि पर्वको नाममा मात्र जलाशयको सफाई हुनु कतै न कतै बेइमानी जस्तो देखिन्छ । सरसफाई दैनिकी गर्ने कुरा हो । हामी जसरी दैनिक रुपमा शरीरदेखी घर, आङन, टोल, सडक सफाई गर्छौ त्यस्तै नै जलाशयहरुलाई सफाई गर्न सकियो भने अहिले जति महिनेत गर्दैछौं त्यती महिनेत पक्कै गर्नुपर्दैैनथ्यो होला ।
हो, सरसफाई दैनिकी जिवनको एउटा नियमित कार्य हो । यसलाई जति ध्यान दियौं भने त्यती नै निरोगि हुइन्छ । तर, नानीदेखी लागेको बानी त्यतीकै जाँदैन् । सरकारदेखी सरोकारवाला, स्थानिय निकाय लगायतले सरसफाईप्रति गम्भिर बन्दै गएको छ । तर, जति गम्भिर बने पनि मानिसले वेवास्ता पनि त्यती कै नै गरिरहेको देखिन्छ । मात्र शरीर र घर सफा गरे निरोगी बनिदैन् । जसरी अहिले छठ पर्वका लागि जलाशयहरुको सरसफाई गरिदैछ हो, त्यसरी नै सबैले आफ्नो दायित्व बुझेर सरसफाईमा ध्यान दिन सकिए भने आज जतिको महिनेत गर्न पर्दैन् ।
एक दिन सरसफाई गरेर नपुग्ने भएकोले विभिन्न जलाशयहरुलाई नियमित सरसफाई गर्न सकियो भने पक्कै नै जलाशयहरु सधैं सफा रहन्छ । तसर्थ यसका लागि सम्पूर्ण सरोकारवाला निकाय, व्यक्तिहरुले यसप्रति सचेत हुन छठ माताले सद्बुद्धि दिओस् भनी कामना गर्दछौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ