News Category 2075/07/28
कसरी हुन्छ छठ पर्व “साझा”
विगतको समयमा छठ पर्व तराई मधेशमा मात्र मनाउने गरिएको कुरा सर्वविदितै छ । मुलुकमा प्रजातन्त्र आएपछि तराईका जिल्लाहरुमा सरकारले एक दिने सार्वजनिक विदा समेत दिँदै आएको थियो । तर, अहिले आएर यो पर्व तराईवासीले मात्र नभएर मुलुकको सम्पूर्ण जातजाती, समुदायहरुले मनाउन थालिएपछि अहिले यसलाई “साझा” पर्वको रुपमा व्याख्या गर्न थालिएको छ । जसकारण प्रजातन्त्रपछि मुलुकमा भएको लोकतान्त्रिक आन्दोलन पश्चात् गठित लाकेतान्त्रिक सरकारले ढिलो भएपनि छठ पर्वको अवसरमा एक दिने सार्वजनिक विदा दिन बाध्य भयो । गत वर्ष शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई दिने सार्वजनिक विदा दिएको थियो । छठ पर्वको अवसरमा दुई दिने विदा घोषणाले सम्पूर्ण तराईवासी हर्षित भएका थिए ।
यता नेपाल संघिय गणतन्त्र मूलुक भएपछि यो वर्ष संघीय सरकारले छठ पर्वको विदालाई निरन्तरता दिनुको साटो एक दिन विदा दिन समेत कन्जुस्याई गरेको छ । एकातिर छठ पर्वलाई साझा पर्वको रुपमा विभिन्न संचारमाध्यमले प्रमुखताका साथ “साझा पर्व”, “छठ पर्वले मधेश पहाड जोड्दै”, जस्ता शिर्षक राखेर व्याख्या गरिरहेको अवस्थामा संघीय सरकारले विदा कटौती गर्नु कतिको उचित हो ! संघीय सरकारले विदा कटौती गरे पनि प्रदेश नं. २ सरकारले दुई दिने विदा दिएर पर्वको संस्कृती र पहिचानलाई अझ सुदृढ बनाएको छ ।
तसर्थ संघीय सरकारको यस्तो रवैयाले छठ पर्वलाई कसरी “साझा पर्व” को रुपमा लिन सकिन्छ । यदी लिन सकिन्छ भने खोई साझा पर्वलाई संघीय सरकारले प्रोत्सान गरेको ! के यो पर्व प्रदेश २ को मात्र साझा पर्व हो त !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ