News Category 2075/07/29
श्रीमती र दुई बच्चालाई मारेको आरोपमा श्रीमानलाई घातक सुई लगाएर मृत्युदण्ड
वासिङ्टन, २९ कात्तिक (रासस÷एएफपी) ।
संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चासहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो । रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो । विगत २५ वर्षसम्म वकीलले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् । मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ । संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ, र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ