News Category 2070/09/24
नया“ नगरपालिका प्रमुखद्वारा नगरको विकास बारे छलफल
दैनिक संवाददाता
राजविराज, २३ पुस ।
बर्दियाको गुलरिया नगरपालिकाबाट भर्खरै सरुवा भएर आउनु भएका राजविराज नगरपालिका कार्यालयका प्रमुख बिष्णु प्रसाद गुरुङले मंगलवार सप्तरीका राजनीतिक दलका प्रमुख, पुर्वमेयर तथा नागरिक समाजका अगुवाहरुसँग नगरपालिकाको बिकासको सन्दर्भमा छलफल गर्नुभएको छ ।
नगरसभा कक्षमा आयोजित परिचयात्मक तथा नगरको बिकासको लागि सुझाब अदान प्रदान कार्यक्रममा राजनीतिक दलका प्रमुख, पुर्वमेयर र नागरिक समाजका अगुवाहरुले नगर क्षेत्रमा देखिएको समस्या तथा सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा नवआगन्तुक नगरपालिका प्रमुखलाई सुझाव दिएका छन् ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले नगरपालिका कार्यालयको उदासिनताका कारण सुन्दर र पहिलो टाउन प्लानिङको राजविराज नगरपालिका कुरुप बन्दै गएको बताउनुभयो ।
उहाँले नगरक्षेत्रको समग्र बिकासका लागि आफुले ‘‘ग्रेट सप्तरी, वेस्ट सप्तरी, ग्रिन राजविराज क्लिन राजविराज” अभियान शुरुवात बताउनुहुँदै अभियानलाई सफल बनाउन नगरपालिकाको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अली, नेकपा एमालेका अध्यक्ष गोबिन्द न्यौपाने, दलित जनजाती पार्टी सप्तरीका उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका उपाध्यक्ष बैजु प्रसाद दास, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पुर्व मेयर जगरनाथ दास लगायतले नगरक्षेत्रमा अतिक्रमण बढेको, छाडा सुँगुरले नगरक्षेत्रमा नराम्रो असर पारेको, सडक र नालाको समस्या समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा बोल्नुभयो ।
सो अवसरमा नवआगन्तुक नगरपालिका कार्यालयका प्रमुख गुरुङले राजविराज नगर क्षेत्रमा बिकासका धेरै सम्भावनाहरु रहेकाले यहाँका सम्पुर्ण सरकारबालाहरुसँग सहकार्य गरी नगरको बिकासमा कदम चाल्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ