News Category 2075/07/30
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनवाइ मंसिर ३ गतेलाई सरेको छ ।
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन रौतहट जिल्ला अदालतमा हालेका थिए ।
राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो ।
अदालतको आदेशअनुसार सुनुवाइका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाइ सरेको हो ।
न्यायाधीशहरु दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले गरेको आदेशमा ‘विपक्षीहरु मध्येको जिल्ला अदालत रौतहटका नाउँमा सूचना म्याद तामेल भई आएको नदेखिएको साथै इजलास समक्ष विपक्षीको प्रतिनिधित्वसमेत भएको नदेखिँदा’ अर्को तारेख मिति तोकिएको उल्लेख छ ।
बन्दी प्रत्यक्षीकरणको सुनुवाइका क्रममा राउतलाई सशरीर उपस्थित गराउन प्रहरीलाई दिइएको आदेश बमोजिम बिहिबार काठमाडौं ल्याइएको थियो । गत असोज २१ गते जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्कदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ