News Category 2075/08/02
तीन भारतीय नागरिक पेस्तोलसहित पक्राउ
दैनिक समाचारदाता
सुनसरी, २ मंसिर ।
सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पेस्तोलसहित छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाँउपालिका ८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट एक भारतीय नागरिकलाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ ।
भारतको बिहार राज्यस्थित सुपोल जिल्लाको भिमनगर ४ निवासी २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
बिआर ५०एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मुखियालाई उक्त पेस्तोल सहित पक्राउ गरेको भाण्टाबारी प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरी कोशी गाँउपालिका ६ ढट्टा टोलबाट कटुवा पेस्तोल १ थान सहित भारत सुपौल भवानिपुर ग्राम पञ्चायत ७ बस्ने १८ वर्षीय बिबेक यादव र सितापुर ग्राम पञ्चायत ८ बस्ने १७ वर्षीय सुरेशकुमार गोहितलाई सोही दिन प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखेको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र गोहितलाई प्रहरीले उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ