News Category 2070/09/25
डिएसपी चौधरी सम्मानित
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
सप्तरीबाट सरुवा हुनुभएका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीलाई यहाँका सञ्चारकर्मीहरुले बुधवार सम्मान गरेका छन् ।
मधेशी पत्रकार समाज सप्तरीले जिल्लाबाट महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौ सरुवा हुनुभएका प्रहरी नायब उपरिक्षक चौधरीको सम्मानमा बुधवार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा सञ्चारकर्मीहरुले चौधरीलाई फुलमाला अबिर तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रहदाँ जिल्लामा हुने घटना, दुर्घटना लगायतका सुचनाहरु उपलब्ध गराएर सहयोग गरेको भन्दै प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, मधेशी पत्रकार समाजका केन्द्रीय सचिव संजीव बिक्रम शाहले संयुक्त रुपमा चौधरीलाई सम्मान गर्नुभयो ।
मधेशी पत्रकार समाज सप्तरीका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित सम्मान तथा बिदाई समारोहमा बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, सचिव राजेश झा, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, नागरिक संजालका संस्थापक सुखराम यादव, मधेशी पत्रकार समाजका सल्लहाकार श्रवण कुमार देव लगायतले प्रहरी नायव उपरिक्षक चौधरीले गरेको सहयोग र सद्भाव अबिस्मरणीय रहेको भन्दै प्रसंशा गर्नुभयो ।
यसैबीच सोही कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले डिएसपी चौधरीलाई मायाको चिनो स्वरुप डायरी र कलम प्रदान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ