News Category 2075/08/03
अफगान तालिबानसँग कतारमा वार्ता
इस्लामाबाद, ३ मङ्सिर (रासस÷एपी) ।
अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारसँग भन्नुभयो, “मैले वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको छु, ... र मेरो विचारमा अहिले मेलमिलाप र शान्तिको अवसर आएको छ ।” “अफगान सरकारले पनि शान्ति चाहेको छ,” उहाँले भन्नुभयो । “तालिबानीले भनिरहेका छन्, उनीहरुको विश्वासमा सैनिक ताकतका भरमा सफल हुन सकिँदैन । शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नु पर्दछ भन्ने उनीहरुको भनाइ छ ।”
वासिङ्टनको शान्तिदूतका रुपमा खलिलजादको नियुक्ति भएसँगै शान्ति प्रक्रियाका विषयमा तिब्रता आएको छ । शान्ति स्थापनासँगै अफगानिस्तानमा अमेरिकी सैनिक उपस्थिति अन्त्य पार्ने खलिलजादको मुख्य जिम्मेवारी हो । अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ । अमेरिकी प्रशासनले तालिबानसँग राजनीतिक समाधानका लागि हाल प्रयत्न गरेको देखिएको छ, र उक्त समूहले लामो समयदेखि राखेका केही माग पूरा गरिदिएको छ । अहिले अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ताको ढोका खुलेको छ । अमेरिकाले अनुरोध गरेपनि तालिबान विद्रोहीले पश्चिमा मुलुकको आडमा बनेको “कठपुतली” काबुल सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएको छ ।
यहीबीच पाकिस्तानले पनि तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरसमेतका केही उच्च तालिबानी नेतालाई कारागारमुक्त गरेको छ । यो पाकिस्तानी कदम अमेरिकी अनुरोधमा भएको विश्वास गरिएको छ । खलिलजाले पछिल्ला वार्ताले आफू आशावादी भएको बताउनुभयो । “अफगानिस्तानको भविष्यको मार्गचित्र” भनिएको शान्ति प्रयासले अफगानिस्तानका परस्पर विरोधी समूहलाई एकै ठाउँमा ल्याउने खलिलजादले विश्वास व्यक्त गर्नुभयो । मार्गचित्रको स्वरुप कस्तो हुन्छ र महिला अधिकार तथा कानुनको शासन समेतका अधिकारको प्रत्याभूति कसरी हुनेछ भन्ने कुरा अफगानीले नै निर्णय गर्ने कुरा हो, खलिलजादले भन्नुभयो । संयुक्तराज्य अमेरिकाले पुरुष र महिलाको समान अधिकारका लागि स्पष्टरुपमा आवाज उठाइआएको छ, खलिलजादले भन्नुभयो, “यी अधिकार मार्गचित्रमा कसरी राख्ने भन्ने कुरा अफगानी जनताको कुरा हो ।” उहाँले अमेरिकाले जतिसक्दो चाँडो अफगान युद्ध अन्त्य भएको चाहन्छ भन्नुभयो । विशेषदूत खलिलजादले आगामी वर्षको अप्रिल २० तारिखका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन अघि नै सहमतिमा हस्ताक्षर गर्न सकिए राम्रो हुने स्पष्ट गर्नुभयो ।
यसै महिनाको शुरुमा जारी गरिएको लामो वक्तव्यमा तालिबानले आफ्नो समूहका नेतामाथि लागेका प्रतिबन्ध फुकुवा गर्न, थुनामा रहेका आफ्ना नेता तथा कार्यकर्ता मुक्त गर्न तथा कतारमा रहेको आफ्नो कार्यालयलाई मान्यता दिन माग गरिएको थियो । अफगान सरकारले भने कतारमा कार्यालय खोल्ने बारेमा असहमति जनाएको छ । तालिबानले विगतमा यो कार्यालयलाई अफगानिस्तानको निर्वासित सरकारको रुपमा घोषणा गरेका थिए । अमेरिकी विशेषदूत खलिलजादले पछिल्ला दिनमा क्षेत्रको भ्रमण गरिरहनुभएको छ । काबुलमा आयोजित बैठकमा खलिलजादले अफगान राष्ट्रपति अस्राफ घानीलाई वार्ताका नतिजालाई स्वीकार गर्नेतर्फ दबाब दिने विश्वास गरिएको छ । यो वार्ताप्रति अफगान सरकारभित्रै मतभिन्नता रहिआएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ