News Category 2075/08/05
इँटाभट्टाका सुपरभाइजर फिदाको गोली हानी हत्या
दैनिक समाचारदाता
सुनसरी, ५ मंसिर ।
सुनसरीको दुहबी नगरपालिका ९ जयबाबा इँटाभट्टा नजिक बुधबार एक जनाको गोली हानी हत्या गरिएको छ ।
जय बाबा इँटाभट्टाका सुपरभाइजर रहेका स्थानीय ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो ।
मृतक हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एवं नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् ।
हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ ।
यसैबीच हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा माँग गरेका छन् । सो क्षेत्र तनावग्रस्त बनेपछि बिराटनगर आवतजावत गर्ने सम्पूर्ण यातायात ठप्प भएको थियो ।
यता घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो । केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ