News Category 2070/09/26
जनताको नाममा आएको एक पैसा पनि दुरुपयोग गर्नेमाथि कार्वाही हुन्छ ः प्रमुख आयुक्त कार्की
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जनताको नाममा आएको एक पैसा पनि दुरुपयोग गर्नेलाई आयोगले नछाड्ने बताउनुभएको छ ।
मध्यमाञ्चल र पुर्वाञ्चलको भ्रमणका क्रममा राजविराज आईपुगेका प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनताको नाममा आएका रकम सदुपयोग भए, नभएको अनुसन्धान गर्न आयोगले सप्तरी सहितका जिल्लामा टोली खटाएको बताउनुभयो ।
शिक्षा, जनस्वास्थ्य, स्थानिय निकाय लगायतका निकायमा जनताका लागि आएको रकम व्यापक रुपमा दुरुपयोग भएको उजुरी र गुनासो पश्चात टोली खटाइएर अनुसन्धान शुरु गरेको बताउँदै प्रमुख आयुक्त कार्कीले भन्नुभयो–‘‘ टोलीको प्रतिबेदनको आधारमा रकम दुरुपयोग गर्नेमाथि कार्वाही अघि बढाइनेछ ।”
सरकारले बिनियोजन गरेको रकम सदुपयोग भएको वा दुरुपयोग भएको र सरकारी निकायबाट प्राप्त हुने सेवा सुबिधा जनताले कसरी प्राप्त गरिरहेको भन्ने बारेमा अध्ययन गर्न आफुसहितको टोलीले भ्रमणमा निष्केको बताउँदै उहाँले जनताको नाममा आएका पैसा पैसाको सदुपयोग हुनुपर्छ, यदी कृतम कागज तयार गरेर रकम दुरुपयोग गर्ने जो कसैलाई पनि कार्वाही गर्ने बताउनुभयो ।
सुचना र प्रमाणको आधारमा आयोगले अनुसन्धान गर्ने भएकाले समानुपातिक सभासद् छनौटमा आर्थिक लेनदेन भएको सुचना प्राप्त भए आयोगले भ्रष्टाचारकै हिसाबले अनुसन्धान गर्ने बताउनुभयो ।
आर्थिक लेनदेन मै समानुपातिक सभासद् छनौट भएको हो भन्ने सुचना प्राप्त भए सभासद् कुन नेताले कति रकमको लेनदेन गरेको हो त्यसको सुचना र प्रमाण उपलब्ध गराई आयोग लाई सहयोग गर्न प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।
स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा आयोगबाट खटिएको टोलीले बिगत १५ दिनदेखि सप्तरीसहितका जिल्लाहरुमा अनुगमन र अनुसन्धान जारी राखेको बताउनुहुँदै प्रमुख आयुक्त कार्कीले केही बिचोलिया र पहुँचबालाहरुले जनताका नाममा आएका रकम दुरुपयोग गरेको प्रारम्भिक रुपमा पाइएको बताउनुभयो ।
सरकारी कर्मचारीको सरुवा राजनीतिक आस्था र पहुँचका आधारमा हुँदै आएकाले त्यसलाई पनि आयोगले गम्भीरता पुर्वक लिएको बताउँदै प्रमुख आयुक्तले कर्मचारी सरुवामा ट्रेड युनियनको नाममा हुँदै आएको दादागिरी र राजनीतिक व्यक्तिहरुको चलखेललाई रोक्नुपर्ने बताउनुभयो ।
बिद्युत प्राधिकरणले गर्दै आएको लोडसेडिङको बिषयमा पनि आयोगले निगरानी गरिरहेकोले लोडसेडिङ १२ घण्टा भन्दा बढी नबढ्ने बिद्युत प्राधिकरणका अधिकारीहरुले प्रतिबद्धता जनाएको बताउनुभयो ।
मुलुकमा सुशासन कायम गर्ने, मुलुकलाई अनिर्णयबाट निकास दिने र भ्रष्टाचारलाई शुन्य सहनशीलतामा झार्दै सुशासन र कानुन राज्य कायम गर्ने उद्देश्य आयोगको रहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ