News Category 2075/08/05
खेलकुद गतिविधीमा तिब्रता ल्याउन निकाय आफै अग्रसर हुनु जरुरी
कुनै समय सप्तरी खेलकुदको क्षेत्रमा अब्बल रहेको थियो । तर, अहिले जिल्ला सो क्षेत्रमा खासै प्रगति र उन्नती गरेको अवस्था देखिदैन् । यसको कारण के हुन सक्छ भन्ने जिज्ञास सम्पूर्ण जिल्लावासीमा अहिले उब्जिएको छ । खेलकुदको साख खस्किदै गएको प्रति सबै भन्दा पहिला राजनीतिक अस्थिरता र सम्बन्धित निकायको वेवास्ता र खेलकुद मैदानको अभाव नै बुझ्नुपर्दछ । कीन भने यस जिल्लामा राष्ट्रिय स्तरको खेलकुद हुन नसक्नु र उदयमान खेलाडीहरुलाई उचित सम्मान र सम्बद्र्धन गर्न नसक्नु हो । जिल्लामा विभिन्न खेलका खेलाडीहरु जन्मन्छन् तर, उनीहरुको क्षमता र अभिबृद्धि गराउनेतर्फ जिल्ला खेलकुद विकास समितिले ध्यान दिन सकिरहेको देखिदैन् । जसकारण आफ्नो जन्मभूमि छोडेर अर्कै स्थानलाई कर्मभूमी बनाउन उनीहरु बाध्य छन् ।
जेहोस् अहिले पनि जिल्लाको खेलकुद क्षेत्रलाई विकासतर्फ डो¥याउन सक्छौं । मात्र सम्बन्धित निकायले थारै ध्यान पु¥याउनु आवश्यक छ । खेलाडीहरुलाई सम्मान तथा उनीहरुको खेललाई प्रोत्साहन गर्न खेल अभिबृद्धि कार्यक्रमलाई उचित ढंगले परिचालन गर्नु हो । जिल्लाको सम्पूर्ण क्षेत्रबाट प्रतिभाशाली खेलाडीलाई छनौट गरि उनीहरुलाई खेलमा मात्र अब्बल बनाउन जरुरी छ । खेलाडी निर्माण भएपछि माथिल्लो निकायबाट भौतिक संरचना र खेलाडीको सामाग्रिका पहल गर्न सजिलो हुन्छ ।
तसर्थ जिल्लाको खेलकुद गतिविधीमा तिब्रता ल्याउन जिम्मेवार निकाय नै अग्रसर हुनु आवश्यक छ । अनि मात्र अन्य निकायले समेतले त्यसलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा दुई मत नहोला !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ