News Category 2075/08/06
क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा
ओट्टावा, ओन्टारियो (रासस÷एपी) ।
क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।
क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताउनुभयो । यो कार्यक्रमको विस्तृत विवरण आगामी वार्षिक बजेटमार्फत सार्वजनिक गरिनेछ ।
यो कर छुट खासगरी समाचार उत्पादनमा लाग्ने श्रमको लागतमा मद्दत गर्न सञ्चारमाध्यमलाई उपलब्ध गराइनेछ । डिजिटल समाचारसँग सम्बन्धित पोर्टलका ग्राहकका लागि हाल अस्थायीरुपमा कर छुट दिइएको छ ।
गैर–नाफामूलक सञ्चार संस्थाले पनि यो कार्यक्रममा आवेदन दिन सक्ने बताइएको छ । संसद्मा सम्बोधन गर्दै अर्थमन्त्री मोर्निउले भन्नुभयो, “हाम्रो लोकतन्त्र र समुदायमा स्वतन्त्र सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ र राज्यले त्यसको संरक्षण गर्नु पर्दछ । यही धारणाका आधारमा क्यानडाको पत्रकारितालाई मद्दत गर्ने सोच अघि सारिएको हो ।”
टोरन्टो स्टारका मालिक एवं टार्सटार कर्पोरेशनका अध्यक्ष जोन होन्डेरिकले सरकारको उक्त प्रस्ताव स्वागतयोग्य रहेको बताउनुभयो ।
विगत १० वर्षको अवधिमा क्यानडामा २५० भन्दाबढी अखबार बन्द भइसकेका छन् भने सन् २०१२ यता अखबारको आम्दानीमा ४० प्रतिशतको हाराहारीमा कमी आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ