News Category 2075/08/06
विहार, पश्चिम बंगाल र उत्तरप्रदेश तथा बंगलादेशमा अन्तरराष्ट्रिय उडान हुने
विराटनगर, ६ मङ्सिर (रासस) ।
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उहाँले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पु¥याउन सहयोग मिल्ने बताउनुभयो । विराटनगरवाट यही मङ्सिर ८ गतेदेखि हिमाली उडान शुरु हुँदैछ ।
उहाँले भारतको पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेशलगायत बङ्गलादेशमा ६० करोडभन्दा बढी जनसङ्ख्यालाई हिमाली उडानमा आकर्षण गर्न सके एकदेखि दुई प्रतिशत पर्यटक आगमन भएमा प्रदेशको लक्ष्य पूरा हुने धारणा रासससँग व्यक्त गर्नुभयो ।
उक्त हिमाली उडानबाट पर्यटकले कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा र गौरीशङ्कर हिमाललाई नजीकबाट अवलोकन गर्न सक्नेछन् । मन्त्री कुसियतले प्रदेश सरकारले तेस्रो देशका पर्यटकलाई यस क्षेत्रमा आवागमन सहज तुल्याउन आगामी केही दिनभित्र विराटनगर र पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिने बताउनुभयो ।
मन्त्री कुसियतले पर्यटकलाई आकर्षण गर्न यस क्षेत्रको पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र पदमार्ग निर्माण तथा जीर्ण मठमन्दिरको मर्मतसम्भारका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै पर्यटकको बसाइ अवधि बढाउन निजी क्षेत्रको सहयोगमा सुविधासम्पन्न होटल, चमेनागृह र घरबासको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले विराटनगर विमानस्थलबाट भारतका विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशका शहरमा अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी सङ्घीय सरकारमा पठाएको बताउँदै स्वीकृत हुनासाथ उडान सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश नं १ मा रहेका १४ विमानस्थलमध्ये हाल विराटनगर–तुम्लिङटार मात्र सञ्चालन भएकामा आगामी केही दिनभित्र विराटनगरलाई केन्द्रविन्दु बनाई उडान सञ्चालन गरिनेछ ।
पर्यटनमन्त्री कुसियतले विराटनगरबाट अन्तरदेशीय उडानअन्तर्गत पोखरा, नेपालगञ्जलगायत अन्य पर्यटकीय क्षेत्रमा उडानका लागि सङ्घीय सरकारलाई अनुरोधसमेत गरिएकाले चाँडै सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विराटनगर–पोखरा उडानका लागि निजी क्षेत्रबाट धेरै अनुरोध आएको तथा स्वदेशी तथा छिमेकी पर्यटकको चासो र चाहना भएको पाइएकाले केही हप्ताभित्र सञ्चालन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
मन्त्री कुसियतले काठमाडौँबाट सोलुखुम्बुको फाप्लु उडानको चाप धेरै भएको तथा नेपालीले हवाई सेवाको टिकटसमेत नपाउने गुनासो आएको बताउँदै विराटनगरबाट फाप्लु उडानको व्यवस्थासमेत मिलाइएको तथा फाप्लु उडानको व्यवस्था भएमा दैनिक १० उडान हुन सक्ने बताउनुभयो ।
शनिबार बिहान हुने हिमाली दृश्यावलोकन उडानमा प्रदेश नं १ मा मुख्यमन्त्री शेरधन राईसहित प्रदेशका सम्पूर्ण मन्त्री, उच्चपदस्थ कर्मचारीको सहभागिता हुने बताइएको छ । यती एयरलाइन्सको २९ सिटे जहाजबाट उक्त उडानमा १९ झ्यालको सिटको बिक्रीको व्यवस्था गरिएको होलिडेज नेपालका अध्यक्ष भविष श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पर्यटकको चाप हेरेर थप उडान गरिने जनाइएको छ ।
विराटनगर–१० का नवराज पाण्डेले हिमाली क्षेत्रमा हिँड्न नसक्नेलाई आफ्नो देशको गौरव सगरमाथालगायत अन्य हिमाल नजीक हेर्न पाउने सुविधा उपलब्ध हुन लागेकामा हर्ष व्यक्त गर्नुभयो । उक्त उडानका लागि नेपाली र भारतीयलाई रु नौ हजार ९०० तथा सार्क तथा तेस्रो देशका पर्यटकका लागि १५६ डलर भुक्तान गर्नुपर्नेछ । हिमाली उडानको अवधि ५५ मिनेटको हुनेछ । उडानमा सञ्चारकर्मीलाई सहुलियत शुल्क रु ६ हजार राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ