News Category 2075/08/07
मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की
टिजुआना, मेक्सिको ७ मङ्सिर (रासस÷एएफपी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।
अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उहाँले सो चेतावानी दिनुभएको समाचारमा जनाइएको छ ।
साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिनुभएको पनि एक अर्काे समाचारमा जनाइएको छ । आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताउनु भएको छ ।
मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् । यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उहाँले चेतावनी दिनुभएको हो ।
ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् । स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल सङ्ख्या १० हजार पुग्नेछ ।
यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजार जना सुरक्षाकर्मी परिचालन गर्नुभएको जानकारी दिनुभएको थियो । उहाँले हालैमात्र पनि यसरी ती व्यक्ति अमेरिका प्रवेश गर्न खोज्नुलाई आप्रवासीहरुको अतिक्रमणको सङ्ज्ञा दिनुभएको थियो ।
यतिमात्र नभएर उहाँले ती व्यक्तिहरुलाई आक्रमणकारीको पनि सङ्ज्ञा दिनुभएको थियो । उहाँले ती आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिकसम्बन्ध समेत अमेरिकाले चाहेको समय सम्मका लागि बन्द गरिदिने बताउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ