News Category 2070/09/26
सगरमाथा यातायात संघमा पुन अन्सारी निर्वाचित
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
सगरमाथा यातायात संघ सप्तरीको जिल्ला १७ औं साधारणसभाको मतदान प्रक्रियाबाट नुरुल होदा अंसारी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बुधबार सम्पन्न साधारणसभाको निर्वाचन प्रक्रियाबाट अंसारीले आफ्ना प्रतिद्वन्द्वी पशुपति साहलाई ४३ मतले पराजित गर्नुभयो । अंसारीले १ सय १७ र साहले ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सत्तिश दत्तले जानकारी दिनुभयो ।
यसैगरि वरिष्ठ उपाध्यक्षमा जगदीश अर्यालले १ सय ७ ल्याएर बिजय हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जुगलकिशोर महतोले ७९ मत प्राप्त गर्नुभयो यस्तै संघको उपाध्यक्षमा सुनिल कुमार साह (पिन्टु) ले १ सय ९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी श्यामकुमार साहले ८० मत प्राप्त गर्नुभयो । संघको सचिव पदमा दिनेश कुमार साहले १ सय ९ ल्याएर बिजयी हासिल गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी अरुण कुमार कावराले ७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दत्तले बताउनुभयो ।
यस्तै सहसचिवमा दिलिप कुमार साह (निर्विरोध) र कोषाध्यक्षमा परमेश्वर प्रसाद रौनियारले १ सय ९ प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी राजकुमार महतो(मामा) तथा सदस्यहरुमा दिनेश प्रसाद गुप्ता १ सय ७, बसन्त कुमार साहले ९९, अमरेन्द्र प्रसाद यादवले ९९, अरबिन्द कुमार यादवले ९० र महेश कुमार बस्नेतले ७९ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दत्तले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ