News Category 2070/09/27
लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार शर्मालाई प्रदान
दैनिक संवाददाता
राजविराज, २६ पुस ।
स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा स्थापित लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार दिनेश शर्मालाई प्रदान गरिएको छ ।
२० औं लोकेन्द्र स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराईले उक्त पुरस्कार कमाण्डर पोष्ट दैनिकका सप्तरी समाचारदाता शर्मालाई प्रदान गर्नुभयो । नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा उक्त पुरस्कारको राशी नगद १ हजार पाँच सय र प्रमाणपत्र रहेको छ ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले स्वर्गीय पत्रकार बुढाथोकीको व्यक्तित्व बारे चर्चा गर्दै निर्भिक र खोज पत्रकारिता आजको आवश्यक भएको बताएका छन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार अनिलकुमार अनल, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पुर्वसभापतिहरु बैधनाथ झा, मुरली प्रसाद यादव, बिष्णुकुमार मण्डल, नेपाल पत्रकार महासंघका पार्षद सुरेन्द्र प्रसाद गुप्ता, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, प्रेस चौतारीका अध्यक्ष अम्बिका दहाल, प्रेस युनियन सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास, मधेशी पत्रकार समाजका सल्लाहकार श्रवण कुमार देव लगायतले बोल्नुभयोे । महासंघ सप्तरीका सचिव राजेश झाद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष श्यामसुन्दर यादवले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ