News Category 2075/08/14
सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो
दैनिक समाचारदाता
काठमाडौं, १४ मंसिर ।
राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
राजपा नेपालको केन्द्रिय कार्यालय काठमाडौंस्थित बबरमहलमा शुक्रबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा संयोजक महतोले सो स्पष्टोक्ति दिएका हुन् ।
संयोजक महतोले मिडियामा आएको समाचारमा सत्यता नरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पारे ।
यस्तै संयोजक महतोले पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै शुक्रबार पनि पार्टीमा अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी समेत दिए ।
संयोजक महतोले नेता ठाकुर उपचार गरेर भारतबाट फर्केपछि बस्ने बैठकले पार्टीको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने आवश्यक निर्णय लिने पनि उनले स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ