News Category 2075/08/14
पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता
इस्लामाबाद, १४ मङ्सिर (रासस÷सिन्ह्वा) ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार आफ्नो सरकारले एक सय दिन पूरा गरेको उपलक्ष्यमा गर्नुभएको सम्बोधनको क्रममा उहाँले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गर्नुभएको हो । वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा पाकिस्तानले विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले यस अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरू पनि शुरु गरेको बताउनुभयो ।
गत अगस्ट १८ का दिन आफ्नो कार्यकाल शुरु गर्नेक्रममा प्रधानमन्त्री खानले सरकारको सयदिने कामको एजेन्डा प्रस्तुत गर्नुभएको थियो । सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारद्वारा लक्षित ३४ ओटा परियोजना यस अवधिमा गर्ने भनेको र त्यसमा १८ ओटा पूरा भएको तथा अरु १६ ओटा परियोजना प्रगतिको क्रममा रहेको बताइएको छ । सरकारले सुशासन दिने, आर्थिक वृद्धिलाई गति दिने, कृषि सिंचाई तथा खानेपानीको अवस्थामा सुधार गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउने जनाइएको छ । यी कार्यक्रमहरूका अतिरिक्त सरकारले गर्ने अरु कार्यक्रमहरूमा विशेषगरी देशको सुरक्षा अवस्थामा सुधार गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने पनि रहेको छ । सरकारले अघि सारेका यी सबै कार्यक्रमहरूमा प्रगति भएको जानकारी प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ