News Category 2075/08/14
पाकिस्तानका प्रमका सय दिन, विकासको थप प्रतिबद्धता
इस्लामाबाद, १४ मङ्सिर (रासस÷सिन्ह्वा) ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार आफ्नो सरकारले एक सय दिन पूरा गरेको उपलक्ष्यमा गर्नुभएको सम्बोधनको क्रममा उहाँले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गर्नुभएको हो । वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा पाकिस्तानले विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले यस अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरू पनि शुरु गरेको बताउनुभयो ।
गत अगस्ट १८ का दिन आफ्नो कार्यकाल शुरु गर्नेक्रममा प्रधानमन्त्री खानले सरकारको सयदिने कामको एजेन्डा प्रस्तुत गर्नुभएको थियो । सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारद्वारा लक्षित ३४ ओटा परियोजना यस अवधिमा गर्ने भनेको र त्यसमा १८ ओटा पूरा भएको तथा अरु १६ ओटा परियोजना प्रगतिको क्रममा रहेको बताइएको छ । सरकारले सुशासन दिने, आर्थिक वृद्धिलाई गति दिने, कृषि सिंचाई तथा खानेपानीको अवस्थामा सुधार गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउने जनाइएको छ । यी कार्यक्रमहरूका अतिरिक्त सरकारले गर्ने अरु कार्यक्रमहरूमा विशेषगरी देशको सुरक्षा अवस्थामा सुधार गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने पनि रहेको छ । सरकारले अघि सारेका यी सबै कार्यक्रमहरूमा प्रगति भएको जानकारी प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ