News Category 2070/09/28
कोचिङ्ग सेन्टरले पनि स्विकृति लिनुपर्छ ः जिशिअ भण्डारी
राजविराज÷जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाका १ सय ५० विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको जानकारी दिएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले शनिबार विद्यालय शान्ति क्षेत्र घोषणा भएको बारे आयोजना गरेको संचारकर्मीसँगको अन्तरक्रिया सो जानकारी दिएको हो ।
अन्तरक्रियामा जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले जिल्लामा रहेको ४ सय ९४ सामुदायिक विद्यालय मध्ये १ सय ५० विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकले आचारसहिता निर्माण गरेर विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।
विद्यालयहरुमा सशस्त्र गतिविधी, राजनीतिक हस्तक्षेप र भेदभाव छुवाछुत लगायतलाई आचारसहितामा समावेश गरिए मात्र विद्यालय शान्ति क्षेत्र घोषणा गरिन सकिने बताउनुभयो ।
जिल्ला स्तरिय अनुगमन कमिटि गठन भइसकेको र बाँकी रहेका विद्यालयहरुकामा समेत शान्ति क्षेत्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै जिल्लामा १ सय १० वटा संस्थागत विद्यालयहरु रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा शिक्षा अधिकारी भण्डारीले जिल्लामा स्विकृति बिनाको ३३ वटा विद्यालय रहेको उल्लेख गर्दै ती विद्यालयहरुलाई आउँदो शैक्षिक सत्रबाट पठनपाठन नगराउन पत्र पठाउने तयारी भइरहेको बताउनुभयो ।
अदालतले स्विकृती नलिएका त्यस्ता विद्यालयहरुलाई बन्द गराउने फैसला शिक्षा कार्यालयको पक्षमा दिइसकेकोले आउँदो शैक्षिक सत्रमा त्यस्ता विद्यालयहरुलाई स्विकृती लिन पत्र काट्ने र स्विकृती लिन अटेर गरे प्रहरी प्रशासन लगाएर समेत बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
त्यसैगरि जिल्लामा संचालित विभिन्न कोचिङ्ग सेन्टरहरु स्विकृती बिना नै संचालन भइरहेको बताउँदै जिशिअ भण्डारीले त्यस्ता कोचिङ्ग सेन्टरले पनि स्विकृती लिनु पर्ने बताउनुभयो ।
आयोजित अन्तरक्रियामा शिक्षा कार्यालयका बिजय मण्डल, श्रीपुरार्जका कार्यक्रम अधिकृत रमाकान्त चौधरी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ