News Category 2070/09/28
स्व. उमा सिंह र लोकेन्द्र स्मृति पुरस्कारबाट विश्वास र शर्मा सम्मानित
राजविराज÷सप्तरीका दुई जना पत्रकार सम्मानित भएका छन् । उमा सिंह पत्रकारिता पुरस्कारबाट कान्तिपुर टिभिका सप्तरी समाचारदाता आर.एन. विश्वास सम्मानित भएका छन् भने स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट कमाण्डर पोष्ट दैनिकका सप्तरी समाचारदाता दिनेश शर्मा सम्मानित भएका छन् ।
क्रियाशिल महिला पत्रकार समाजको आयोजनामा शनिबार आयोजित स्व. पत्रकार उमा सिंहको स्मृतिमा कान्तिपुरका आर.एन. विश्वासलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि एक हजार एक सय एक रुपैया रहेको छ । आजको वातावरण दैनिकका सम्पादक बैद्यनाथ झाले हरेक वर्ष स्मृति दिवसको अवसरमा एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आउनु भएको छ ।
क्रियाशिल महिला पत्रकार समाजका अध्यक्ष अम्बिका दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका पार्षद हेमशंकर सिंह, नागरिक संजालका सुखराम यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङ्ग, महासंघका अध्यक्ष धिरेन्द्र प्रसाद साहले स्व. उमा सिंहको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
यसअघि शुक्रबार २० औं लोकेन्द्र स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराईले स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार कमाण्डर पोष्ट दैनिकका सप्तरी समाचारदाता दिनेश शर्मालाई प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा उक्त पुरस्कारको राशी नगद १ हजार पाँच सय र प्रमाणपत्र रहेको छ । पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले स्वर्गीय पत्रकार बुढाथोकीको व्यक्तित्व बारे चर्चा गर्दै निर्भिक र खोज पत्रकारिता आजको आवश्यक भएको बताएका छन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार अनिलकुमार अनल, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पुर्वसभापतिहरु बैधनाथ झा, मुरली प्रसाद यादव, बिष्णुकुमार मण्डल, नेपाल पत्रकार महासंघका पार्षद सुरेन्द्र प्रसाद गुप्ता, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, प्रेस चौतारीका अध्यक्ष अम्बिका दहाल, प्रेस युनियन सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास, मधेशी पत्रकार समाजका सल्लाहकार श्रवण कुमार देव लगायतले बोल्नुभयोे । महासंघ सप्तरीका सचिव राजेश झाद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष श्यामसुन्दर यादवले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ