News Category 2075/08/18
हिन्दू सम्मेलन सम्पन्न
धनुषा, १७ मङ्सिर (रासस) ।
विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।
सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र नेपाललाई हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय गरिएको विश्व हिन्दू युवा परिषद्का प्रवक्ता मिथुन साहले बताउनुभयो ।
सम्मेलनले धर्मान्तर, छुवाछूत तथा हेपाहा प्रवृत्तिदेखि लभ जेहाद (प्रेम विवाह) सम्मका विषयमा छलफल गरी यस्तो निर्णय गरेको हो । सम्मेलनमा धनुषा, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सप्तरीलगायत प्रदेश नं २ का आठवटै जिल्लाबाट पाँच हजारभन्दा बढी साधुसन्तको सहभागिता रहेको थियो ।
विश्व हिन्दू परिषद्का महासचिव जीतेन्द्र सिंहले समाजमा जातपातका कारण छुवाछूतको अन्त्यको लागिसमेत गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । समाजमा बढ्दो विकृतिसँगै धर्म र अध्यात्मप्रतिको आस्था कमजोर भएकै कारण लभ जेहादजस्ता विसङ्गति मौलाएकाले सबै साधुसन्त, महन्त र समाजका अनुयायी एक भएर अघि बढ्नुपर्ने डा श्यामसुन्दर शास्त्रीले बताउनुभयो ।
सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले हिन्दू धर्मको रक्षाका लागि आफू सचेत र गम्भीर रहेको भन्दै जनकपुरधामलाई मासु र मदिरामुक्त घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।
महोत्तरीस्थित मठिहानीका रामजानकी मठका मानमहन्त जगन्नाथ दास वैष्णवको अध्यक्षतामा भएको विराट सन्त सम्मेलनमा भारतबाट विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय सन्तमार्ग दर्शकमण्डलका सदस्य डा श्यामसुन्दर शास्त्री, परिषद्का अध्यक्ष टीका पहाडी, राष्ट्रिय अध्यक्ष सत्यम मुरारी, उपाध्यक्ष उद्धव घिमिरे, काशिन्द्र यादव, अमन गुप्तालगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ