News Category 2075/08/18
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबारदेखी प्रदेश स्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेका छन् ।
उद्घाटन पश्चात् सुरु भएको उद्घाटन खेलमा सिरहाले धनुषालाई हराउन सफल भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो ।
सुरुको निर्धारित समयअवधीमा दुबै टिमले कुनै गोल गर्न सकेपछि र ५÷५ प्यानेल्टीमा समेत खेल बराबरी भएपछि थपिएको ३÷३ प्यानेल्टीमा सिरहा बिजयी भएको हो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले प्रदेश २ को खेलकुदको विकासका लागि आवश्यक भौतिक संरचना निर्माण तालिम र प्रतियोगिताहरु संचालन गर्न आवश्यक बजेटको व्यवस्था गर्न लागेको जानकारी दिए ।
पाँच वर्ष भित्र खेलकुदको भौतिक संरचनामा निर्माणमा उपलब्धि देखिने गरि काम हुने समेत मन्त्री साहले दाबी गर्दै यस्ता प्रतियोगिताले खेल क्षेत्रको मात्र विकास नभई खेलाडीको विकासमा समेत टेवा पुग्ने बताए ।
आयोजक समितिका अध्यक्ष बिजय कुमार चौधरीको अध्यक्षमा आयोजित उद्घाटन समारोहमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।
प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित १ लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिता अन्तरगत मंगलबार बारा र कलैयाबीच खेल हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ