News Category 2070/09/29
इन्सपेक्टर र सईमाथि कार्वाही गर्न तीन संस्थाको माग
दैनिक संवाददाता
राजविराज, २८ पुस ।
प्रेस चँैतारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, मैथिली साहित्य परिषद्का उपाध्यक्ष र राजविराज जेसीजका पूर्वअध्यक्ष सतिश दत्तलाई प्रहरीले नियन्त्रणमा लिई गरेको दुरब्यवहार प्रति तीन संस्थाले खेद व्यक्त गर्दै दोषि प्रहरीमाथि कारवाहीको माग गरेको छ ।
प्रेस चौतारी सप्तरीका अध्यक्ष अम्बिका दाहाल र सचिव दिनेश शम्र्माले आइतवार प्रेस बिज्ञप्ती जारी गरि पत्रकार दत्त यही पुस २३ गते सगरमाथा यातायात संघको निर्वाचनको क्रममा प्रमुख निर्वाचन अधिकृतको हैसियतमा राजविराज स्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालय अगाडी सड्कको पश्चिम पट्टी रहेको युनिक भिडिओ लाईब्रेरीमा बसी संघको निर्वाचन सम्बन्धी कागजात तैयार गर्दाको अवस्थामा वडा प्रहरी कार्यालय, राजविराजका ईन्चार्ज सई रामनारायण यादवले गाली गर्दै पत्रकार दत्तलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घट्नाको सम्बन्धमा बुभ्mने क्रममा प्रत्यक्षदर्शीबाट प्राप्त जानकारी र पीडित शुद्धको बयानबाट उक्त घट्नामा प्रहरीले निज पत्रकार दत्तसंग दुव्र्यवहार गरेको पुष्टि भएको भन्दै प्रहरीको उक्त कार्यको भत्र्सना गरेको छ ।
साथै बिज्ञप्तीमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार दत्तले ठूला अधिकारीसंग आफु पत्रकार भएको नाताले भेट्न पाउँ भनी आग्रह गर्दा ड्युटीमा रहेका प्रहरी निरिक्षक किरण गुरुगंले उहाँलाई थप्पड प्रहार गर्दै थुनामा राख्ने आदेश दिएको बुभ्mनमा आएको उल्लेख गर्दै प्रहरीद्वारा एउटा पत्रकार जस्तो जिम्मेवार नागरिक जसले आप्mनो परिचय पत्र देखाउँदा समेत सो नहेरी राणाकालको जस्तो व्यवहार गर्नुले सामान्य नागरिकको मौलिक अधिकार समेत हनन हुने गरी थुनुवामा राख्नु घोर निन्दनीय भएको हाम्रो ठहर छ भनि उल्लेख गरिएको छ ।
त्यस्ता अमानवीय कार्य गर्ने वडा प्रहरी कार्यालयका सई रामनारायण यादव र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण गुरुङमाथि हदै सम्मको कारवाही गर्न माग गर्दै बिज्ञप्तीमा पत्रकार दत्तलाई दुव्र्यवहार गर्नेमाथि कारवाही नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
यसैगरि राजविराज जेसीज महासचिव परमेश्वर झाले एक विज्ञप्ति जारि गर्दै जेसीजका कार्यकारी उपाध्यक्ष भुपेश भुप र पूर्व अध्यक्ष सतीश कुमार दत्तलाई पुस २३ गते राति ९ बजे राजविराजस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालय अगाडीबाट प्रहरीले दुव्र्यवहार गर्दै नियन्त्रणमा लिई रातभरी थुनेको घटनाले दुखित बनाएको जनाएको छ ।
कानुनको पालना गर्नुपर्ने प्रहरीले अपशब्द प्रयोग गर्दै छिटो घर जा भनेर हप्काउनु र गालीगलौज नगर्न भन्दा थुन्ने र नियन्त्रणमा लिएपछि पनि थप्पड प्रहार गरेको घटना निन्दनीय छ । घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न र यस्तो दुखद घटना नदोहोरिन दिन सम्बन्धीत निकायसँग आग्रह गर्दछ ।
यसैगरि मैथिली साहित्य परिषद्का सचिव महेन्द्र मण्डल बनवारीले आइतबारै एा प्रेस विज्ञप्ति जारि गर्दै परिषद्का उपाध्यक्ष सतिश दत्तलाई प्रहरीले नियन्त्रणमा लिई विभिन्न प्रकारको मानसिक तथा शारीरिक यातना दिएको भन्दै खेद प्रकट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ