News Category 2075/08/18
विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु
ढाका, बंगलादेश (रासस÷एपी) ।
बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा ढाकास्थित होले आर्टिसान बेकरीमा पाँचजना लडाकूले बन्धक बनाएर गरेको आक्रमणबाट जापान, इटाली र भारतका १७ जनाको मृत्यु भएको थियो । करिब १२ घण्टासम्मको प्रयत्नपश्चात बन्धक बनाउने व्यक्ति बंगलादेशी सुरक्षाफौजका कमान्डोको कारबाहीमा मारिएका थिए । उक्त कारबाहीका क्रममा दुइजना सुरक्षाकर्मीसमेत मारिएका थिए ।
एकजना प्रहरी अधिकारी रिपोन कुमार दासको बयानका आधारमा मुद्दाको सुनुवाई हुँदैछ । रिपोन र अरु प्रहरी अधिकारीले पाँचजना लडाकू युवा क्याफेभित्र छिरेका र खाना खाइरहेका ग्राहकलाई बन्धक बनाएको प्रत्यक्ष देखेको बताएका छन् । शङ्कास्पद ती व्यक्तिमाथि हत्या समेतका विभिन्न आरोपमा मुद्दा चलाइएको छ । यदि अभियोग प्रमाणित भएमा उनीहरुले मृत्युदण्डको समेत सजाय भोग्नुपर्नेछ ।
ढाकाको उक्त क्याफेमा आक्रमण भएपश्चात इस्लाम विरोधी देखिएका अन्य धेरै व्यक्तिमाथि निरन्तर आक्रमण भइरहेका छन् । यस्ता आक्रमणहरु खासगरी धर्म निरपेक्ष व्यक्ति, लेखक, धार्मिक अल्पसंख्यक, विदेशी र अधिकारकर्मीमाथि लक्षित भएका छन् ।
क्याफेमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो तर शेख हसिनाको सरकारले त्यस दाबीलाई अस्वीकार गर्नुभएको छ । उहाँको विचारमा यो र बंगलादेशमा भएका अन्य आक्रमणमा बंगलादेशभित्रै सक्रिय जुमातुल मुजाहिद्दीन बंगलादेश संलग्न छ । प्रहरी अनुसन्धानले उक्त आक्रमणमा २२ जना लडाकू संलग्न रहेको तथ्य फेला पारेको छ । तीमध्ये आठजनामाथि सुनुवाई हुँदैछ । यी आठमध्ये छजना जेलमा छन् भने दुईजना फरार छन् । पाँचजना शंकास्पद व्यक्ति आक्रमणकै समयमा मारिएका थिए भने अरु केही व्यक्ति सुरक्षा कारबाहीमा यसअघि नै मारिएका छन् । जेलमा रहेका व्यक्तिका तर्फबाट कसैले पनि प्रतिरक्षा गर्न अस्वीकार गरेपछि अदालतले नै पाँच जना कानुन व्यवसायीलाई नियुक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ