News Category 2075/08/19
आठौ राष्ट्रिय खेलकुदका लागि क्रिकेट खेलाडी छनोट सुरू
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सप्तरीमा क्रिकेट खेलाडी छनोटको लागि अभ्यास खेल सुरू भएको छ ।
जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा विभिन्न खेलको छनोट प्रतियोगिता सुरू सँगै सप्तरी क्रिकेट सँघको संयोजनमा पनि जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरूले अभ्यास खेल सुरू गरेको हो ।
आउँदो पुस महिनामा प्रदेश स्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट प्रदेश २ को टिम बनाई माघमा काठमाडौमा हुने आठौ प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।
जिल्ला खेलकुद बिकास समितिमा सप्तरी टिममा चयनका लागि आवेदन दिएकाहरूका खेलाडीहरू ३ दिन सम्म अभ्यास खेल खेलाई सप्तरी टिमको छनोट गरीने सप्तरी क्रिकेट सँघका सदस्य तथा छनोट समितिका सदस्य चन्दनकुमार यादबले बताए ।
जिल्लाको १८ स्थानिय तहमा क्रिकेटको बिकासलाई अगाडि बढाउनुको साथै ग्रामिण स्तरको क्रिकेट र खेलाडीहरूको उत्पादन गरि राष्टिय तथा अन्तराष्टिय प्रतियोगिताहरूमा सहभागिता गराउने लक्ष्य रहेको जिल्ला खेलकुद बिकास समितिका सदस्य तथा क्रिकेट छनोट समितिका संयोजक रबि कुमार रायले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ