News Category 2075/08/19
भिख माग्नेलाई सजाय
हाशिम अन्सारी
अनिवार्य अवकास प्राप्त मा.वि.प्र.अ.राजविराज
सार्वजनिक स्थानमा भिक्षा माग्ने, भिक्षा संकलन गर्न बालबालिकालाई गीत गाउन लगाउने गतिविधि गर्न कानूनले बन्देज लगाएको छ । कानून कडा बने पनि भिक्षा माग्ने विरुद्ध अहिलेसम्म उजुरी परेको छैन । कानून कडा बने पनि व्यवस्थापन भएन भने यसलाई रोकन मुश्किल जस्तो छ । आज देखि १५०० वर्ष पहिलानै सन्देष्टा मोहम्मद (स) कहाँ एक जना भीखारी भीख माँग्न आयो त्यसलाई भीख नदिई उसै संग रहेका २ रियाल लीई बन्चरो बनाई दिई जंगलवाट दाउरा ल्याई बेच्न लगानु भयो र भन्नु भयो भीख माँग्नु समाजिक अपराध हो र यसका लागि समाजलाई उत्तरदाई बनाउन जकात भन्ने ढुकुटी कायम गरी जो मानिस संग साढे सात तोला सुन अथवा साढे बावन तोला चाँदी छ भने आफ्नो सम्पतिको शुद्धिकरण गर्न यस ढुकुटीमा साढे दुई प्रतिशत सुन चाँदी वा सो बराबरको रकम जम्मा गर्नु पर्ने अनिवार्य गर्नु भयो जो व्यवस्था ईस्लामिक मुलुकहरुमा लागुत छ तर अन्य मुलुकमा थोरै छ ।
यस व्यवस्थालाई पश्चिमका देशहरु सम्पति शुद्धिकरणका नाममा विश्व भरी लागु गरी आफ्नो स्वार्थ पुरा गर्दै छन् । साथै आमा बुवाको बुढेसकालमा छोराछोरीको सेवावाट बन्चित गराई बृद्धाश्रममा पठाउन लगाईयो जब कि आमाको पैताला मुनी स्वर्ग छ ।
भारत, अमेरीका, ईंगलैण्ड र अन्य देशमा जकात फाउण्डेशन नामको सामाजिक संस्था स्थापनागरी उक्त व्यवस्था अनुसार अर्थ संकलन गरी निःसहाय, गरीब तथा गरी विद्यार्थीहरुलाई आर्थिक सहयोग मात्र होईन निजहरुको व्यवस्थापन पनि गरी रहेको देखिन्छ । भारतको जुन प्रान्तमा जकात फाउण्डेशन नामको सामाजिक संस्था सक्रिय छ त्यहाँ भिखारी मुक्त प्रान्त समेत घोषना गरी सकेका छन् ।
नेपालमा पनि ऐन कानून बनाउनु राम्रो छ तर त्यसको व्यवस्थापन नगरी भीख माँग्नेहरुलाई जेल पठाउँदा सरकारलाई भार पर्न जान्छन् ।
म एउटा आफ्नै उदाहरण दिन चाहन्छु सम्बत् २०१२ मा सउदी राजाको निमन्त्रनामा हामी केहि बुद्धिजीवी हजगर्न सउदी अरबको मक्का र मदीना गएका थिएं । त्यहाँ मदीना विश्वविद्यालयमा पढी रहेका नेपाली विद्यार्थीहरु हामी संग भेटन आए र भने हामी यहाँ बी.ए., एम.ए. गरी रहेका छौं नेपाल आएर के काम गर्न सक्छु । मेरो प्रश्न थियो तपाईहरु नेपालवाट एस.एल.सी. गरेर आउनु भए छ उत्तर थियो नई । मैले भने तपाईहरु नेपालको मदरसावाट सोझै आनु भएको र मदरसाहरु नोलको नियम अनुसार दर्ता छैन त्यसै जस्तो शिक्षा लिएपनि नेपालमा आएर उही काम गर्नु पर्छ जो मदरसाले गरी रहेका छन् । चन्दा रसीद छपाउनुस् अन्य जस्तो चन्दा असूल गर्नुस र आफु पनि खानुस र बेही बच्चाहरुलाई पनि पढाउनुस् एक जना हाम्रा मित्रले भन्नु भयो संस्कृत पढने नेपाल सरकारको प्रशानमा जान सक्दछन् भने मौलवी किन जान सक्दैनन् । यस उदाहरणलाई नेपाल सरकारले पनि मनन् गर्नु पर्ने ।
अर्काे उदाहरण मदरसाहरु गरीब र निःसहायको प्रमाणपत्र बनाई आर्थिक सहयोग माँग्न घरघर पठाइन्छ र एटा उदाहरणस्वरुप एक जनाले मलाई हार्निया भएको बारे मदरसाले सहयोगकालागि पत्र लेखि दिनु भएको छ मैले भने राजविराजको अस्पतालमा तपाईको निःशुल्क उपचार गराई दिन्छु तर मानेनन् ।
अन्तमा नेपाल सरकारलाई मेरो अनुरोध छ कि नियम बनाउनु राम्रो हो तर भविष्यमा पनि सोको व्यवस्थापन राम्रो गर्नु पर्ने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
- 2082/02/13 वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
- 2082/02/13 नक्कली मान्छे र कागजात खडा गरि अर्कैको नाममा जग्गा नामसारी गराइएको भन्दै छानबिनको माग
- 2082/02/13 युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
- 2082/02/13 मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
- 2082/02/12 योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
- 2082/02/12 नवजात शिशुको शव फेला
- 2082/02/12 मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ