News Category 2070/09/30
आमाबाबुको दुर्घटनामा मृत्यु भएपछि सात सन्तान विचल्लीमा ५ वर्षिय टुहुरो छोरा किरियामा
नवीनकुमार गुप्ता
राजविराज, २९ पुस ।
दुर्घटनामा आमा बुबाको मृत्यु भएपछि सातजना छोराछोरी विचल्लीमा परेका छन् । सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको यही पुस २० गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि सात जना सन्तानहरु विचल्लीमा परेका हुन् ।
आफ्ना आमा बुबाको मृत्यु भएपछि सातजना सन्तान मध्ये ५ वर्षिय छोरा कृष्ण कुमार यादव किरियामा बसेका छन् । कृष्ण कुमार बाहेक १२ वर्षिया दुर्गा कुमारी यादव, १० वर्षिया दिपिका कुमारी यादव, ८ वर्षिया निर्मला कुमारी यादव, ७ वर्षिया पुष्पा कुमारी यादव, ३ वर्षिय बलराम यादव र एक वर्षिय काखे छोरा किशन कुमार यादव अहिले आमा बाबु बिहीन भएका छन् ।
सात जना सन्तान बाहेक मृतक राजकुमारका ६० वर्षिय बुबा भोगिलाल यादव र ५५ वर्षिया आमा रामसुनौर देवी यादव बिरामी अवस्थामा रहेका छन् ।
अल्पआयुमै छोरा गुमाउनु परेको रामसुनैर देवीले छोरा बुहारी दुबैको मृत्यु भइसकेको अवस्थामा सात जना सन्तानको लालन पालन कसले गर्ने बारे चिन्ताले सताइरहेको बताइन् । उनले भनिन् “अब नातीनातिनीहरुको कसले हेरचार गर्ने, हामी दुबैजना बिरामी नै छौं यीनीहरुको भविष्य कसरी बन्छ” ।
स्थानीयवासीहरुले मृतकका सन्तानहरुको लालनपोषण बारे सम्पूर्ण सरोकारबाला, प्रशासन, व्यक्ति, संचारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ६ अन्तरगत रुपनीस्थित खाँडो खोलामा पुस २० गते साँझ बिराटनगरबाट आइरहेको ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले साइकलमा सवार यादव दम्पत्तिलाई पछाडीबाट ठक्कर दिँदा उनीहरुको गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते पश्चात् दुबैजनालाई स्थानीयहरुको सहयोगमा राजविराजस्थित सगरमाथा अंचल अस्पताल पु¥याइएको रायपुर निवासी स्थानिय दिनेश यादवले जानकारी दिनुभयो ।
अंचल अस्पतालमा उपचार सम्भव नभएपछि दुबैजनालाई धरान रिफर गरिएको केहीछन पश्चात् शिलादेवी यादवको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । धरान रिफर गरिएका राजकुमारलाई पनि त्यहाबाट बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको थियो । तर, पुस २४ गते राति राजकुमारको पनि मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ ।
यता ठक्कर दिने मोटरसाइकलका चालक बिराटनगर ११ निवासी शंकर बस्नेत पनि घाइते भएपछि उनलाई नोबेल मेडिकल कलेज बिराटनगरमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ