News Category 2070/09/30
राजनीतिक दलका प्रमुखहरुको बैठकद्वारा आठ बु“दे निर्णय
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
सप्तरीमा क्रियाशील बिभिन्न राजनीतिक दलका प्रमुखहरुको सोमवार राजविराजमा सम्पन्न बैठकले जिल्लाको समग्र बिकास निर्माण कार्यको लागि सबै राजनीतिक दलहरु एकमत भएर अघि बढ्ने लगायतका आठ बुद्दे निर्णय गरेको छ ।
एकिकृत नेकपा माओवादी सप्तरीका संयोजक उमेश कुमार यादवको अध्यक्षतामा बसेको बैठकले सप्तरीका प्रत्यक्षतर्फबाट निर्वाचित सम्पुर्ण सभासद्हरुले थालेको अभियानलाई पुर्ण सहयोग गर्ने, सरकारी कार्यालय र गाविस सचिवहरुले गर्ने निर्णयहरु होर्डिङमार्फत जनतालाई जानकारी गराउने, सबै विकासीय कार्यालयहरुको विकासीय कामकाजको सम्पुर्ण कार्यक्रमहरु माग गर्ने, जनताहरुको समस्यालाई समाधान गर्न राजनीतिक दलका प्रतिनिधीहरुको नेतृत्वमा ‘‘जन समस्या समाधान एंव सुझाव समिति” गठन गर्ने निर्णय गरेको छ ।
यस्ते बैठकले विकासीय कार्यालयहरु एंव राजनैतिक दलहरु तथा बिभिन्न संयन्त्रमा पार्टीका मुख्य प्रतिनिधी एंव पदाधिकारीहरुलाई सहभागि गराउने, जिल्लाका महत्वपुर्ण विकासीय योजनाहरु छनौट गर्न एउटा संयन्त्र गठन गर्ने, बिभिन्न दातृ संघ संस्थाहरुबाट सञ्चालित योजनाहरु समयभित्र पुरा गर्ने र पुरा नगरेकाहरुमाथि कार्वाहीको प्रक्रियालाई अगाडी बढाउन सम्बन्धित निकायलाई जानकारी गराउने र प्रत्यक्ष एंव समानुपातिकतर्फबाट निर्वाचित सम्पुर्ण सभासद्हरुलाई शुभकामना सहित अगामी दिनमा पारदर्शी बनेर काम गर्न र जिल्लाको हकहितका लागि एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।
जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुको अर्काे बैठक यही माघ १५ गते सद्भावना पार्टी कार्यालयमा बस्ने निर्णय भएको जनाएको छ । बैठकमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका अध्यक्ष शैलेश चौधरी, राष्ट्रिय मधेश लोकतान्त्रिक पार्टीका गजेन्द्र मण्डल, मधेशी जनअधिकार फोरम नेपालका जिल्ला उपाध्यक्ष दिनेश कुमार यादव, राप्रापा नेपालका आकाश कुमार बहडखेर, समाजवादी जनता पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमानन्द माझी, राप्रापाका रामनारायण यादव(रामु), संघीय सद्भावना पार्टीका रामानन्द साह, मजदुर किसन पार्टीका जिल्ला अध्यक्ष दिगम्बर यादव, नेकपा माले समाजवादीका धनवीर साह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ