News Category 2070/10/01
राजविराज नगरपालिकाको बजेट ८ करोड ३७ लाख ५९ हजार ५ सय रुपैया“
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
आगमी आर्थिक बर्ष २०७१÷०७२ का लागि राजविराज नगरपालिकाले रु. ८ करोड ३७ लाख ५९ हजार ५ सयको बजेट प्रस्तुत गरेको छ ।
राजविराज नगरपालिकाको मंगलवार १७ औं नगरपरिषद्मा नगरपालिकाका प्रमुख बिष्णु प्रसाद गुरुङले आगमी आर्थिक बर्ष २०७१÷०७२ का लागि पुँजीगत आयतर्फ रु. ५ करोड ३० लाख ३९ हजार र चालु आयतर्फ रु. ३ करोड ७ लाख २० हजार गरी कुल रु. ८ करोड ३७ लाख ५९ हजार ५ सयको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
लक्षित समुहका लागि दातृ निकायबाट रु. ३० लाख तथा नगरपालिका निशर्त अनुदानबाट रु. ९ लाख २४ हजार गरी ३९ लाख २४ हजार बिनियोजन गरिएको प्रतुत गर्दै प्रमुख गुरुङले स्थानिय लागत सहभागितामा आयोजनाहरु सञ्चालन गर्नका लागि रु. २ करोड ६८ लाख ७५ हजार रकम बिनियोजन गरिएको जानकारी दिनुभयो ।
परिषद्मा शहरी बिद्युतीकरण, सडक स्तरनोन्ती, नाला निर्माण जस्ता भौतिक पुर्वाधारका कार्यक्रमलाई निरन्तरता दिइनुको साथै लक्षित वर्ग विकास कार्यक्रम, नगरक्षेत्रमा खेलकुद प्रबद्र्धन, पुर्वाधार मर्मत, प्रकोप नियन्त्रण तथा व्यवस्थापन आदी क्षेत्रमा समेत उपलब्ध श्रोतका आधारमा बजेट बिनियोजन गरिएको प्रमुख गुरुङले बताउनुभयो ।
साथै नगरपरिषद्मा आगामी आर्थिक बर्ष २०७१÷०७२ मा राजविराज नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरक्षेत्रमा रहेका मन्दीर, पोखरी, पार्क लगायतको संरक्षण सम्बद्र्धन प्रबद्र्धन गरी नगरपालिका तथा नगरबासीको आय आर्जनमा बृद्धि गर्ने तर्फ पहल गर्ने प्रस्ताव गरिएको छ ।
राजविराज नगरपालिका कार्यालयका प्रमुख गुरुङको अध्यक्षतामा आयोजित नगरपरिषद्मा प्रमुख अतिथि जिल्ला अदालत राजविराजमा न्यायाधिश रामप्रसाद अधिकारीले नगर क्षेत्रको विकासमा सबैपक्षले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
परिषद्मा एकिकृत नेकपा माओवादी सप्तरीका संयोजक तथा सभासद् उमेश कुमार यादवले जिल्लाको बिकासका लागि दलहरु एक ढिक्का भएर अघि बढ्ने प्रतिबद्धता जनाइसकेकाले नगरपालिकाले पनि ठोस पलान बनाउनु जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, नेकपा एमालेका श्यामसुन्दर यादव, नगरपालिकाका पुर्वमेयर शैलेश चौधरी, सगरमाथा यातायात संघका बरिष्ठ उपाध्यक्ष जगदीश अर्याल, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, नागरिक संजाल सप्तरीका सस्थापक अध्यक्ष सुखराम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव राजेश झा, नागरिक वडा मञ्च वडा नम्बर ६ का संयोजक रामनारायण मेहता, हितनारायण लाल दास लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ