News Category 2070/10/01
सप्तरीमा मधेशी मोर्चा गठन मोर्चाको संयोजकमा युसुफ
दैनिक संवाददाता
राजविराज, ३० पुस ।
सप्तरीमा क्रियाशील बिभिन्न मधेशबादी दलहरुको मंगलवार राजविराजमा बसेको संयुक्त बैठकले मधेशी मोर्चा सप्तरी गठन गर्ने निर्णय गरेको छ ।
मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष मो. युसुफ अलीको संयोजकत्वमा गठित मोर्चाको सदस्य सचिवमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका सचिव भोगेन्द्र चौधरीलाई चयन गरेको छ ।
यस्तै मोर्चाको सदस्यहरुमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका अध्यक्ष शैलेश चौधरी, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रतिनिधी, तराई मधेश लोकतान्त्रिक पार्टीका सप्तरीका अध्यक्ष रामप्रित यादव, फोरम गणतान्त्रिकका अध्यक्ष भागवत यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष मुनिलाल साह, संघीय सद्भावना पार्टीका अध्यक्ष जागेश्वर राय, नेसपा(गजेन्द्रबादी) का अध्यक्ष दानी मण्डल र नेपाल सद्भावना पार्टीका अध्यक्ष मंगल रायलाई चयन गरेको जनाएको छ ।
राजविराजस्थित साह धर्मशालामा सम्पन्न बैठकले संबिधानसभाबाट मधेशी जनताको भावना अनुसारको अधिकार सम्पन्न संघीय संबिधान निर्माणका लागि दबाब दिने साथै जिल्लास्थित बिभिन्न बिकासीय कार्यालय लगायत अन्य सरकारी गैरसरकारी कार्यालयहरुमा गरिने भ्रष्टाचारलाई अन्त्य गर्ने, सेवाग्राहीहरुलाई सर्वसुलभ ढंगबाट सेवा दिलाउनेप्रयास गर्नेजिल्लाको समग्र बिकासका लागि सम्पुर्ण मधेशबादी दलहरु एक भएर अगाडी बढ्ने निर्णय गरेको मधेशी मोर्चाका सदस्य सचिव चौधरीद्वारा जारी बिज्ञप्तमिा उल्लेख छ ।
साथै दोश्रो संबिधानसभाको निर्वाचनमा समानुपातिक तर्फ मधेशबादी दलहरुले ल्याएको मतको आधारमा क्रमगत गरी सोही क्रमअनुसार पहिलो क्रमको दरले मोर्चाको संयोजक र सदस्य सचिव र सदस्यहरु चयन गर्ने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै आउँदो माघ ५ गते बलिदानी दिवसको अवसरमा मोर्चाले संयुक्त रुपमा मोर्चामा आबद्ध रहेका दलका नेता, कार्यकर्ता, सुभेच्छुक, सभासद् लगायतको उपस्थितिमा जिविस सभाहलमा प्रवचन कार्यक्रम गर्ने निर्णय भएको बिज्ञप्तीमा जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ