News Category 2075/08/24
योगीको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने
दैनिक समाचारदाता
जनकपुर, २४ मंसिर ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने भएका छन् ।
मंसिर २६ गते रामजानकी विवाह महोत्सवमा सहभागी हुन जनकपुर आउन लागेका मुख्यमन्त्री योगीका लागि उक्त संख्यामा सुरक्षाकर्मी खटिने भएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले रामजानकी विवाह महोत्सवका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी खटिने जानकारी दिँदै प्रदेश २ का आठै जिल्लाबाट प्रहरी नायब उपरिक्षकको कमान्डमा एक सयको संख्यामा र प्रदेश १ र ३ बाटसमेत सुरक्षाकर्मी आउने जानकारी दिएका छन् ।
उनले यसबाहेक एक हजारको हाराहारीमा सशस्त्र प्रहरीलाई परिचालन गरिने जानकारी दिदै सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने बताए ।
यता स्वदेशी आन्तरिक पर्यटकदेखि भारतका विभिन्न राज्य र अन्य देशबाट व्यक्ति जनकपुर आउन थालेपछि अहिले नै जनकपुरमा अत्यधिक चाप बढेको छ । उनले प्रदेशका सबै जिल्लाका ट्राफिक प्रहरीलाई जनकपुर केन्द्रित गरी ट्राफिक चाप हटाइने जानकारी दिए ।
प्रहरीले विवाह पञ्चमीका दिन जनकपुरका बिभिन्न ठाउँमा साना सवारीसाधनलाई समेत चल्न निषेध गर्ने गरी रुट बनाएको छ । उक्त दिन साइकल र मोटरसाइकलसमेत बजार क्षेत्रभन्दा बाहिरै पार्किङ् गर्नुपर्ने छ ।
जनकपुर विमानस्थलदेखि जानकी मन्दिर, जानकी मन्दिरदेखि मुख्यमन्त्रीको सचिवालय रहेको मधेश भवन, मधेश भवनदेखि बाह्रबिघा मैदान र यो मैदानदेखि विमानस्थलसम्मको रुटमा साना सबारीलाई पनि चल्न नदिइ सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विवाह पञ्चमीका मुख्य आकर्षणको रुपमा रहेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउँबाट सिधै जनकपुर आउने भएका छन् । उनी आफ्नै विमानबाट सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहको छ । विमानस्थलबाट उनी सिधैं जानकी मन्दिरमा गई पूजापाठ गरेर मुख्य मन्त्रीको सचिवालय भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक हुनेछन् ।
यसपछि उनी बाह्रबिघा मैदानमा आयोजना हुने स्वयम्बरमा सहभागी भइ विमानस्थल पुगेर लखनउँ फर्किने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ