News Category 2075/08/28
प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
प्रदेश स्तरिय हिरोकप फुटवल प्रतियोगिताको उपाधि पर्सा ११ ले जितेको छ । जित सँगै विजेता बनेको पर्साले एक लाख नगद सहित हिरोकप प्राप्त गरेको छ ।
हिरोज स्पोटिङ्ग क्लव कंचनरुप नगरपालिका ३ बरमझियाद्वारा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ ले हिरोकप हात पारेको हो ।
सम्पन्न खेलमा पर्साले संघर्षपुर्ण जित निकाल्ने क्रममा पहिलो हाफको ३२ औं मिनेटमा कृपाकान्त चौधरीले डिएरियाबाट गरेको कडा प्रहार जाली चुमेको थियो । सो गोललनै निर्णायक बन्यो ।
दोस्रो हाफमा सर्लाहीले निकै आक्रमक खेल खेल्दै गोल फर्काउने प्रयास गरेपनि पर्साका सशक्त रक्षापतिका खेलाडीहरुले विफल पारेका थिए ।
प्रतियोगिता समाप्ति पछि आयोजक क्लवका अध्यक्ष बिजयी कुमार चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्र, कृष्णा शवरण गाउँपालिकाका प्रमुख परशुराम चौधरी लगायतले बिजयी खेलाडीहरुलाई कप शिल्ड र नगद पुरस्कार वितरण गरेका थिए ।
यता उप बिजेता हुने सर्लाही ११ ले नगद ५० हजार पुरस्कार प्राप्त गरे । १७ मंसिर देखि सुरु भएको प्रतियोगितामा प्रदेश २ अन्तर्गतका सवै ८ वटा जिल्ला टिमको सहभागीता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ