News Category 2075/09/01
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो ।
प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो । जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो । लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२ तथा राजेशले १ बिकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बैरियाका बिशाल घोषित भए । प्रतियोगिता अन्तर्गत आईतवार मिर्चैया सिरहा र कुशहा सप्तरीको बीच हुने आयोजकले जनाएको छ । यसअघि आयोजक खेलकुद समिति अध्यक्ष मो. मन्सुर अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अभिषेक प्रसाद यादवले उद्घाटन गरेका थिए ।
को कार्यक्रममा अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मो. मजेवुल रहमान, जिल्ला समन्वय समिति सप्तरी सदस्य मो. दाउद हुसेन, राजपा नगर संयोजक अमरेन्द्र यादव, नेकपा युवा नेता प्रमोद यादव, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक प्रदिप सिंह, पत्रकार लोकेन्द्र प्रसाद यादवले बोल्नुभयो ।
प्रतियोगिताको बिजेताले रु. ५१ हजार मेडल र उपबिजेताले रु. ३१ हजार हात पार्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ